अर्थ

एकैदिन तोलामा २३०० रुपैयाँले बढ्यो सुनको भाउ

नवलपुर टुडे
२०८१ जेष्ठ १७ | बिहान ११:०२ बजे

काठमाडौँ, जेठ १७ । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा आज बिहीबार सुनको मूल्य तोलामा २३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि मूल्य निर्धारण गर्दै छापावाल सुन तोलामा १ लाख ४० हजार ५०० रुपैयाँ पुगेको जानकारी दिएको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ३८ हजार दुई सयमा कारोबार भएको थियो ।

यस्तै, बुधबार तोलामा १ लाख ३७ हजार पाँच सय ५० मा कारोबार भएको तेजाबी सुनको मूल्य आज २५ सयले वृद्धि भएर १ लाख ३९ हजार आठ सयमा कारोबार भएको छ ।

यता, चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा १९३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर १९०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

कमेन्टहरु