अर्थ

सरकारले गर्‍यो आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब बजेट विनियोजन

नवलपुर टुडे
२०८१ जेष्ठ १५ | मध्यान्ह ०५:०२ बजे

काठमाडौँ, जेठ १५ । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री बर्षमान पुनले मंगलबार संघीय संसद्मा सो बराबरको बजेट पेश गरेका हुन् । 

कूल विनियोजनमध्ये सरकारले चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेको छ । यो कूल बजेटको ६१.३१ प्रतिशत हो । यस्तै कूल बजेटमध्ये पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन गरेको छ । यो कूल बजेटको १८.९४ प्रतिशत छ । यस्तै वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ विनियोजन गरेको छ । यो १९.७४ प्रतिशत हो ।

यो खर्च अनुमान चालू वर्षको तुलनामा ६.२ प्रतिशतले बढी हो । सरकारले बजेटका लागि आगामी आवमा १२ खर्ब ६० अर्ब ३० करोड राजश्व स्रोत जुटाउने भएको छ । यसैगरि वेदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड रुपैयाँ ल्याइनेछ । 

त्यो अनुसार सरकार खर्च धान्न ५ खर्ब ४७ अर्ब ६७ करोड ऋण लिनुपर्ने देखिन्छ । त्यसमा २ खर्ब १७ अर्ब वैदेशकि ऋण र ३ खर्ब ३० अर्ब आन्तरकि ऋण उठाइनेछ ।

कमेन्टहरु