अपराध

नवलपुरमा चार जना महिलाको कुटपिटबाट एक महिला घाइते

नवलपुर टुडे
२०८१ जेष्ठ ६ | बिहान ०६:०२ बजे

नवलपुर, जेठ ६ । नवलपुरको मध्यविन्दु नगरपालिका – ५ सातपत्रेमा कुटपिटबाट एक महिला घाइते भएकी छिन् । जग्गाको विषयलाई लिएर स्थानीय ६८ वर्षीया मिना गिरिमाथि चार जना महिलाले कुटपिट गरेका हुन् ।

कुटपिट गर्ने मध्यविन्दु नगरपालिका – ४ सातपत्रे बस्ने वर्ष ४७ की बस्ती केसी, वर्ष २५ की बिमला खत्री, वर्ष २६ की लक्ष्मी खत्री र वर्ष २८ की सिता खत्रीलाई पक्राउ गरिएको नवलपुर प्रहरीले जनाएको छ ।

उनीहरुले शनिबार मिनाकै घरमा गई झै-झगडा गरी ढुंगाले प्रहार गर्दा उनको टाउकोमा चोट लागेर घाइते भएकी थिइन् । घाइते मिनालाई उपचारको लागी मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगेकोमा शनिबार बेलुकी ५ बजे थप उपचारको लागि भरतपुर रेफर गरिएको छ ।

घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु