पाल्पाको निस्दीमा जिप दुर्घटना अपडेट: दुई जनाको मृत्यु, १३ घाइते

असिम कामु


पाल्पा । पाल्पाको निस्दीमा बुधबार बेलुका भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १३ यात्रु घाइते भएका छन् । लु १ ज ३३२४ नम्बरको जिप निस्दी गाउँपालिका–४, मतियारडाँडा (बेलखर्क) स्थित भित्री कच्ची सडकखण्डमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी निस्दी गाउँपालिका–४, घ्याङसीवासका १६ वर्षीय तेजन सोमै र निस्दी गाउँपालिका–४, बेलखर्कका ७ वर्षीय राजीव सुनारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । सोमै पूर्व नवलपरासी (बर्दघाट सुस्तापूर्व) को अरुणखोलाबाट चढेका थिए भने सुनारी एक किलोमिटरनजिक लामीदमारबाट जिपमा चढेका थिए ।
प्रहरी चौकी रुक्सेभन्ज्याङ र इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाले दुर्घटनामा परी घाइते भएकाहरूको उद्धार गरेका थिए । १३ जना घाइतेको चितवन मेडिकल कलेज भरतपुर र मध्यविन्दु अस्पताल पूर्व नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको छ ।
घुम्ती कच्ची र उकालो सडकमा जिपको स्टार्ट बन्द भएपछि ब्याक भई ब्रेक नलागेपछि दुर्घटनामा परेको स्थानीयले बताए ।

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















