दुई हजार वर्ष पुराना ऐतिहासिक वस्तु संरक्षण गर्न सङ्ग्रहालय बनाइँदै

नवलपुर टुडे


बुटवल, जेठ १ गते । रुपन्देहीको चारपाला सामुदायिक वन क्षेत्रमा फेला परेका दुई हजार वर्ष पुराना ऐतिहासिक वस्तु संरक्षण गर्न सङ्ग्रहालय बनाइने भएको छ । बौद्धकालीन समयका वस्तुहरू अहिलेसम्म संरक्षणको अभावमा खुला आकाशमुनि बेवारिसे अवस्थामा छन् ।
चारपाला सामुदायिक वनले खुला सङ्ग्रहालय बनाउन पहल सुरु गरेको हो । सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जगतनाथ शर्माले चारपाला क्षेत्रमा फेला परेका ऐतिहासिक पुरातात्त्विक वस्तुहरू खुला सङ्ग्रहालयको रूपमै संरक्षण गरिने बताउनुभयो ।
रुपन्देहीको सैनामैना नगरपालिका–१ र बुटवल उपमहानगरपालिका–१२ को किनारमा रहेको चारपाला सामुदायिक वन क्षेत्रको जोगीडाँडा, ठुलो पठार तथा सानो पठार क्षेत्र गरी करिब दुईदेखि तीन किलोमिटर र गोलाकारमा १० किलोमिटर क्षेत्रमा पुराना ऐतिहासिक वस्तु फेला परेका हुन् ।
अध्यक्ष शर्माले खुला आकाशमुनि रहेका वस्तुलाई राख्न खुला सङ्ग्रहालय बनाउने पहल सुरुवात भएको बताउनुभयो । चारपाला क्षेत्रमा फेला परेका केही पुरातात्त्विक वस्तु लुम्बिनीको सङ्ग्रहालयमा राखिएका छन् ।
वन क्षेत्रमा भेटिएका वस्तुमा इँटा र ढुङ्गामा कुँदिएका आकृतिका मूर्ति, बौराहा खोलाको पूर्वउत्तर जङ्गलमा माटाका भाँडाका टुक्रा तथा चुरा खाल्डोमा खनेर राखिएको अवस्थामा भेटिएका हुन् ।

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
अरुपनि पढ्नुहोस
सबै
व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
















