शुक्रबार साँझ सम्पन्न निर्वाचनमा खनालले निवर्तमान अध्यक्ष डम्मर शर्मालाई २५ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। खनालले २ सय ७८ मत प्राप्त गर्दा निवर्तमान अध्यक्ष शर्माले २५३ मत पाए।
यसैगरी उपाध्यक्षमा शंकर पाण्डे १०८ मतान्तरले विजयी भएका छन्। शंकरले ३०२ मत प्राप्त गर्दा प्रत्यासी भेषराज पाण्डेले २१० मत पाएका छन्। सचिवमा सिवि गहतराज ३०४ मत ल्याउँदा विश्व कार्कीले २१२ मत प्राप्त गरे।
गहतराज ९२ मत अन्तरले विजयी भए। उपसचिवको खुलातर्फ देविबहादुर पोख्रेलले १४७ मत र महिलातर्फ सुशीला दर्लामीले ३३२ मत ल्याई निर्वाचित भएको निर्वाचन अधिकृत हुननाथ पाण्डेले बताए।
























