धनगढी उपमहानगरपालिकाले कमाउन थाल्यो–‘फोहोर बेचेर मोहर’

पत्रपत्रिकाबाट


धनगढी, वैशाख २७ । कैलालीको धनगढी उपमहानगरपालिकाले ‘फोहोर बेचेर मोहर’ कमाउन थालेको छ । उपमहानगरपालिकाले पहिलो पटक वर्गाीकृत फोहर बिक्री गर्ने काम सुरु गरेर मोहर कमाउन थालेको हो ।
उपमहानगरपालिकाले वडा नम्बर २ मा सञ्चालन गरेको सूक्ष्म वर्गाीकरण केन्द्रबाट तयार भएको फोहोर आइतवारदेखि बिक्री गर्ने कामको सुरूवात गरेको जनाएको छ । उपमहानगरपालिकाले पहिलो चरणमा करिब १५ लाख मुल्यको वर्गाीकरण गरिएको फोहोर बिक्री गरेको छ । उपमहानगरपालिकाले फोहोर बिक्री गर्न मूल्य सूचि नै तयार पारेर ठेक्का सम्झौता समेत गरेको जनाएको छ ।
उपमहानगरपालिकाले सञ्चालन गरेको केन्द्रका प्राविधिकसहितका कर्मचारीको तलब खर्चको रकम वर्गीकृत फोहोर बिक्रीबाट संकलन गर्ने योजना छ । उपमहानगरपालिकाले तयार पारेको वर्गाीकृत फोहोरको न्यूनतम दररेट तयार पारेर ठेक्काका लागि सूचना सार्वजनिक गरेको थियो ।
उपमहानगरपालिकाको बोलपत्रमा बढी दर पेस गर्ने सोनुराज ट्रेड एण्ड सप्लायर्सले ठेक्का पाएको छ । कम्पनीले आइतवारदेखि वर्गाीकृत फोहोर ढुवानी सुरू गरेको उपमहानगरपालिकाका सरसफाइ व्यवस्थापन शाखा प्रमुख अशोक अवस्थीले बताए ।
उपमहानगरपालिकाले भुरा कागजको १० रुपैयाँ, कपिको १३ दशमलव ५०, किताबको १३ दशमलव ५०, एलडी/एचएमको ३५, पिपिको २०, पेट बोतलको ४० रुपैयाँ, गुडिया २२ रुपैयाँ, कचराको पाँच दशमलव ५०, पिभिसिको पाँच दशमलव ५०, कट्टाको पाँच दशमलव ५०, रसिहरुको पाँच दशमलव ५० र बोतल प्लास्टिकको दुई दशमलव ५० रुपैयाँ प्रति किलोग्रामको दरले बिक्री गरेको छ ।
त्यसैगरी, टीनको ४५, फलामको ४८, आल्मुनियमको दुई सय २०, तामाको नौ सय ५०, पित्तलको ६ सय ५०, बियरका बोतलको २ दशमलव ५०, सेतो बोतलको पाँच, रुस्लान, खुकुरी लगायत बोतलको १० रुपैयाँ, काठ र दाउराको ६ रुपैयाँ तथा तारको २० रुपैयाँ प्रति किलोग्राममा बिक्री गर्न थालेको छ । टायरको १३, ट्युवको २२ रुपैयाँ प्रति किलोग्राममा बिक्री सुरू गरिएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

फोहर बिक्रीबाट व्यास नगरपालिकालाई नौ लाख आम्दानी

विदेशको रोजगारी छाडेर गाउँमै भैँसीपालन, घ्यू बेचेर वार्षिक तीन लाख बचत

बैसरी–रिसिनचौतारी सडक स्तरोन्नति सुरु, तीन करोड ३५ लाख लागतमा काम हुँदै

झापाको चिया उद्योगमा आगलागीबाट ३० लाखको क्षति

सन् २०२७ देखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव
अरुपनि पढ्नुहोस
सबै
नमोबुद्ध जात्रा: करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला

हुलाकी सडकले फेरिएको राप्तीपारिको मुहार, आधा घण्टामै पुगिन्छ नेपालगञ्ज

राष्ट्र बैङ्कद्वारा विदेशी मुद्राको विनिमयदर निर्धारण

















