जसपा विभाजनसँगै त्रसित नेपाल र लामिछाने

पत्रपत्रिकाबाट


काठमाडौं ,बैशाख २५ । जनता समाजवादी पार्टी नेपाल (जसपा) नेपाल विभाजन भएसँगै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) समेत विभाजन हुने बताइएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र रास्वपा अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पार्टीलाई फुटबाट जोगाउन आन्तरिक छलफलाई तीव्रता दिएका छन् । सोमबार एकीकृत समाजवादीको काठमाडौंमा संसदीय दलको बैठक बस्यो । मंगलबार रास्वपाको संसदीय दलको बैठक बस्दै छ । दुवै दलले आफ्ना सांसदलाई पार्टीको नियन्त्रणमा राख्ने प्रयास जारी राखेका छन् ।
नेपाली कांग्रेसले वर्तमान गठबन्धन फुटाएर नयाँ गठबन्धन बनाउने र सरकार गठन गर्ने गृहकार्य थालेपछि सत्तारूढ दलहरू विभाजनको संघारमा पुगेका हुन् । जसपा नेपाल विभाजन भएपछि चिन्तित बनेका नेपाल र लामिछानेले आफ्नो पार्टीलाई फुटबाट जोगाउन सांसदहरूलाई नियन्त्रणमा राख्दै ‘दायाँबायाँ’ नगर्न कडा निर्देशनसमेत दिएका छन् ।
दुवै दलमा रहेका केही सांसद जसरी पनि मन्त्री हुनुपर्ने लबिङमा रहेको र जुनबेला पनि विभाजनतर्फ लाग्ने चर्चा राजनीतिक वृतमा भइरहेको छ । कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरिसकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाललाई र अर्का नेता शेखर कोइराला समूहले ओलीलाई प्रधानमन्त्री बनाउन खोजेको बताइएको छ ।
प्रतिपक्षमा रहेको कांग्रेसले गठबन्धन फुटाउन खोजेको छ तर छुटाछुटै समूहबाट अगाडि बढ्न खोजेपछि असफल भएको छ । कांग्रेसको यो चाल बुझेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीले वर्तमान गठबन्धन छोड्ने भएपछि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन गराएको कतिपयको विश्लेषण रहेको छ । राजधानी दैनिकमा खबर छ ।

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
अरुपनि पढ्नुहोस
सबै
व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
















