ओली-नेपाललाई कांग्रेसको ‘प्रधानमन्त्री अफर’

पत्रपत्रिकाबाट


काठमाडौं, बैशाख २३ । वर्तमान सत्तारुढ गठबन्ध भत्काउने गृहकार्यमा जुटेको नेपाली कांग्रेसले सत्तारुढ दलका दुई नेतालाई प्रधानमन्त्री बन्न अफर गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र एमालेबाटै विभाजन भई गठन भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कांग्रेसले प्रधानमन्त्री बन्न अफर गरेको हो ।
संघीय र प्रदेश सरकारबाट बाहिरिएपछि कांग्रेस सत्तामा पुग्न प्रधानमन्त्री बन्न नेताहरुलाई अफर गर्दै अहिलेको गठबन्धन भत्काउन खोजेको छ । गत २१ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससंगको सत्तासहकार्य तोडेर एमालेसंग मिलेका थिए । त्यस यता चिढिएको कांग्रेस जसरी पनि अहिलेको गठबन्धन भत्काउँने र प्रचण्ड नेतृत्वको सरकार ढाल्ने गृहकार्यमा छ ।
तर प्रधानमन्त्रीको अफर दिदै हिडेको कांग्रेस भित्रै एकमत छैन् । कांग्रेस सभापति शेरबहादुर देउवा समूहले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई प्रधानमन्त्री बनाएर गठबन्धन भत्काउन खोजेका छन् । अर्को तर्फ कांग्रेस नेता शेखर कोइराला समूहले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बन्न अफर गरेको छ ।
पछिल्लो समय यही बिषयमा नेताहरुका बीचमा ‘कोठे’ छलफल तिब्ररुपमा भईरहेको छ । सत्तारुढ गठबन्धनभित्रको आन्तरिक समस्या एवं असन्तुष्टिकै बीचमा कांग्रेसले जसरी पनि यो गठबन्धन भत्काउन खोजेको छ । कांग्रेसले दुई बिकल्प सहित प्रचण्ड नेतृत्वको सरकारको विस्थापन गर्न खोजेको छ । दुई ‘प्लान’ सहित छलफलमा रहेको कांग्रेस दुबै मध्ये जुन प्रस्तावमा सहमती जुटे उही प्रस्तावलाई कार्यान्वयन गर्न तयार छ ।
कांग्रेस नेता कोइरालाले ओलीलाई पहिलो कार्यकाल प्रधानमन्त्री बन्न र त्यसपछि आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका छन् । तर ओलीले यस बारेमा कुनै जवाफ दिएका छैनन् । कोइरालाले यसबारेमा ओलीसंग उनकै निवास बालकोटमै घण्टौ छलफल गरेका छन् ।
एमाले अध्यक्ष ओलीले वर्तमान गठबन्धन भत्काउने प्रत्यन भइरहेको जनाएका छन् । एमाले पश्चिम नवलपरासीको ९औं जिल्ला अधिवेशनलाई सुनवलमा उद्धघाटन गर्दै अध्यक्ष ओलीले गठबन्धन भत्काउने खेल सूरु भइसकेको बताए । देशी विदेशी शक्तिहरु गठबन्धन भत्काउन लागिपरेको बताउँदै उनले एमाले यही गठबन्धन टिकाउने पक्षमा रहेको बताए । प्रतिक्रियावादी शक्तिले अहिलेको गठबन्धन भत्काए भने आगामी निर्वाचनबाट एमाले निर्णायक शक्तिको रुपमा उदाउने बताउँदै त्यसपछि गठबन्धनको आवश्यकता नै नपर्ने दाबी उनको छ । राजधानी दैनिकमा खबर छ ।

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
अरुपनि पढ्नुहोस
सबै
व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
















