नवलपरासीबाट प्रतिवन्धित लागुऔषधसहित एकजना पक्राउ


परासी, बैशाख १६ । नवलपरासी प्रहरीले प्रतिवन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रामग्राम नगरपालिका- ७ उजैनी बस्ने वर्ष ५३ को निर्मल नेटुवा रहेको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको चेकिङ टोलीले महेशपुरबाट परासी तर्फ आउदै गरेको युपि ५६ ई २८७६ नन्बरको मोटरसाइकल शंका लागि चेकजाँच गर्ने क्रममा लागुऔषध डाईजेपाम ४६ एम्पुल, फेनारगन ४८ एम्पुल र नुफिन ४९ एम्पुल फेला पारी उजैनीबाट पक्राउ गरेको कार्यालयका सुचना अधिकारी एवम प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए ।
उनलाई आइतबार साझ ६:३० बजे पक्राउ गरेको हो । उनले उक्त परिणामको प्रतिबन्धित लागुऔषध कम्मरमा रुमालले बेरी ल्याएको अबस्थामा नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम मार्फत सम्मानित अदालतबाट लागुऔषध सम्बन्धि कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाईएको बोहराले बताए ।























