ह्वात्तै घट्यो सुनको मूल्य

नवलपुर टुडे
२०८१ बैशाख ११ | बिहान ११:०१ बजे

काठमाडौँ, वैशाख ११ । नेपाली बजारमा सुनचाँदीको मूल्य एकाएक घट्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले घटेको सुनको मूल्य आज थप दुई हजार ७०० रुपैयाँले घटेको हो ।
आज छापावाल सुन तोलामा एक लाख ३५ हजार ५०० रुपैयाँ कारोबार भइरहेको छ । आघिल्लो दिन उक्त सुन तोलामा एक लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको थियो । यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा २७ सय रुपैयाँले नै घट्दै १ लाख ३४ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ । जुन अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यता चाँदीको मूल्य पनि आज तोलामा ४५ रुपैयाँले घट्दै १ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।























