अर्थ

आजदेखी लहान एक्सपो महोत्सव’ सुरु हुँदै मन्त्री रघुवीर महासेठद्वारा उद्वघाटन

रामएकवाल राम
२०८० चैत्र ३० | बिहान ०६:१२ बजे

लहान । सिरहाको लहानमा आजदेखि लहान एक्सपो मधेश प्रदेश अन्तराष्ट्रिय महोत्सव सुरु हुने भएको छ।

जिल्ला उद्योग वाणिज्य संघ लहानले समृद्धिको आधार कृषि, पर्यटन उद्योग र व्यापार भन्ने मुल नाराका साथ लहान एक्स्पो महोत्सवको आयोजना गर्न लागेको हो । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजक संघका अध्यक्ष विकाश शारदाले जानकारी दिए ।

अध्यक्ष शारदाका अनुसार महोत्सवको उदघाटन शुक्रबार विहान ११ बजे भनिए पनि विहिबार राती भएको अविरल बर्षा र हावापानीको कारण निर्धारीरित समय भन्दा अलिक ढिला सुरु हुने जनाएको छ।नेपाल सरकारका उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले महोत्सवको उदघाटन गर्ने छन।

लहानमा व्यावसायिक वातावरण, पर्यटन प्रवर्धन र सामाजिक कार्यमा जिल्ला उधोग वाणिज्य संघ लहानको आफ्नो नाम पहिचान होस् भने विश्वाशका साथ महोत्सव आयोजना गरिएको अध्यक्ष शारदाले बताए।

महोत्सवका मुल नारालाई मध्यनजर गर्दै कृषिका स्टल, महिला उद्यमी र साना घरेलू उद्यमीहरुको पनि स्टल राखिनेछ।अन्तराष्ट्रिय स्तरमा पाकिस्तानका लेदर ज्याकेटदेखि बंगालादेशबाट साडीका सुटहरु र भारतबाट युटिन्सीलका राम्रो राम्रो प्रोडक्टहरुको स्टलहरु रहने उनको भनाई छ ।

साथै महोत्सवमा हाम्रो भेसभुषा अनुसारको परिकारहरुका स्टल र नेपालका विभिन्न ब्रान्डेड बस्तु वा जुत्ता, चप्पल स्नाक्स ईत्यादीहरुको स्टल समेत रहनेछ ।महोत्सवको विषेश आकर्षणका लागि ५५ फिटको आइफिल टावर तथा सेल्फिजोन र नेपाली आकृतिको प्रवेशद्धार एवं बच्चा तथा युवाकाहरुका लागि एडभेन्चर प्रकारका खेलहरुको व्यबस्थापन मिलाइएको छ ।

महोत्सवमा प्रवेश गर्न ९ दिन एक सय रुपैया तोकिएको छ । तर ६ गते अन्तर्राष्ट्रीय कलाकारहरु अक्षरा सिंह, रचना रिमाल र रोशनी झाको उपस्थिति हुने भएकोले ३ सय रुपैया टिकट शुल्क लाग्ने आयोजकले जनाएको छ ।

कमेन्टहरु