भरतपुर महानगरले आर्थिक वर्ष २०८०/८१ मा ८२ करोड बढी राजस्व संकलन

नवलपुर टुडे


चितवन, चैत २८। भरतपुर महानगरपालिको आयोजनामा मंगलबार आर्थिक वर्ष २०८०\८१ को दोस्रो चौमासिकमा भएका कामको सार्वजनिक सुनुवाइ गरिएको छ । कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले जनतासँग प्रतिबद्धता गरे अनुरुपको काम क्रमशः पूरा हुँदै गएको बताएकी छन् । अलपत्र बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, विमानस्थल बिस्तार र नारायणीमा निर्माण हुने सिग्नेचर ब्रिज लगायतका कामले गति लिएको उनले बताइन् ।
यस मध्ये ल्याण्डफिल साइट निर्माण गर्ने कार्य बाँकी रहेको उल्लेख गरिन् । ल्याण्डफिल साइटको अहिले डीपीआर र इआईएको काम अन्तिम चरणमा रहेको उनले जानकारी दिइन् । महानगरपालिकाले दिगो फोहर व्यवस्थापनका लागि भरतपुर ११ मा रहेको जलदेवि सामुदायिक वनमा १६ बिघा क्षेत्रफलमा ल्याण्डफिल साइट निर्माण गर्न लागेको छ । अहिले स्थायी रुपमा भरतपुर–३ को नगर वन नजिकै फोहरलाई डम्पिङ गरिरहेको छ ।
मंगलबार भरतपुर–१४ को शिवनगरको नारायणी विद्या मन्दिर माध्यमिक विद्यालयमा एकाउन्टेविलिटी इनिसियटिभ प्रालिको संयोजनमा भएको कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रकुमार रानाले दोस्रो चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् । कार्यक्रममा एक दर्जन बढी सहभागीले भरतपुर महानगरपालिका र अन्य सेवा प्रवाह निकायहरूले प्रदान गर्ने कामबारे गुनासो एवम् सुझाव राखेका थिए । सहभागीहरूले कृषि क्षेत्रमा देखिएका समस्या, फोहर व्यवस्थापन, सिँचाई, रुग्ण आयोजना, ड्रेनको निर्माण, स्वास्थ्य समस्या, सुकुमबासी समस्या, सार्वजनिक शौचालय, प्रतिक्षालयबारे प्रश्न सोधेका थिए ।
प्रमुख दाहालले भरतपुरमा देखिएको फोहर व्यवस्थापनको कामलाई उच्च प्राथमिकतामा राखेर अघि बढेको उल्लेख गरिन् । महानगरपालिकालाई स्मार्ट सिटी निर्माण गर्ने योजना अनुरूप अन्य कार्यहरु निर्वाध रुपमा अघि बढे पनि फोहर व्यवस्थापनका लागि ल्याण्ड फिल्ड साइट निर्माण गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइने उल्लेख गरिन् ।

भरतपुरको वडा नम्बर ३ मा अटो भिलेज निर्माण गर्न गुरुयोजना निर्माण भए पनि स्थानीयको अवरोधका कारण निर्माण हुन नसकेको उनले प्रष्ट पारिन् । भरतपुरको लागि अति महत्वपूर्ण आयोजना बधशाला निर्माणका लागि भरतपुर १ को ठिमुरा पहिचान गरी दातृ निकायको प्राविधिक सहयोग र संघीय सरकारबाट बजेटको सुनिश्चित गरे पनि त्यो स्थानमा स्थानीयको अवरोधपछि रोकिएको जानकारी दिइन् ।महानगरपालिकाले सार्वजनिक सुनुवाईमार्फत आएका सुझावलाई ग्रहण गर्दै आगामी कार्यदिशा तय गर्ने पनि उल्लेख गरेको छ ।
यसैबीच महानगरले प्रस्तुत गरेको दोस्रो चौमासिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१\०८२ हालसम्म ८२ करोड ८७ लाख ४३ हजार १०९ रुपैयाँ राजस्व संकलन गरेको छ । यो प्रक्षेपण गरेको रकमको ४७ प्रतिशत हो । अघिल्लो आर्थिक वर्षको यही समयमा जम्मा ३९ करोड राजस्व संकलन गरेको थियो । यो २७ प्रतिशत हुन आँउछ । गत वर्षको तुलनामा यो वर्ष राजस्व संकलनमा उल्लेखिय वृद्धि भएको तथ्याङले देखाएको छ । महानगरले हालसम्म कुल बजेटको ३६ प्रतिशत खर्च भएको जनाएको छ । आव २०८०\८१ का लागि ६ अर्ब ४१ करोड ७२ लाख २० प्रतिशत बजेट बिनियोजन गरेको थियो । त्यसमध्ये दुई अर्ब २६ करोड ४६ लाख ३० हजार खर्च भएको छ ।
महानगरले चालु बजेटतर्फ दुई अर्ब ६९ करोड ८ लाख ६४ हजार रुपैयाँ विनियोजन भएकोमा एक अर्ब ३४ करोड २२ लाख १९ हजार खर्च भएको जनाएको छ । जुन चालुतर्फको समग्र बजेटको ४९ प्रतिशत हो । यस्तै पुँजीगत बजेटतर्फ तीन अर्ब ७२ करोड ६३ लाख ६६ हजार रुपैयाँ बिनियोजन भएकोमा ९२ करोड २४ लाख ११ हजार खर्च भएको महानगरले जनाएको छ । जुन समग्र पुँजीको २५ प्रतिशत हो ।
महानगरपालिकाका कार्यकारी अधिकृत रानाले निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रहेकाले पूँजीगत खर्च कम देखिएको बताए । अबको ४ महिनामा यो अहिलेको तुलनामा बढेर जाने स्पष्ट पारे । कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र बस्नेतले सहभागीले उठाएको प्रश्नको जवाफ दिएका थिए ।

फोहर बिक्रीबाट व्यास नगरपालिकालाई नौ लाख आम्दानी

विदेशको रोजगारी छाडेर गाउँमै भैँसीपालन, घ्यू बेचेर वार्षिक तीन लाख बचत

बैसरी–रिसिनचौतारी सडक स्तरोन्नति सुरु, तीन करोड ३५ लाख लागतमा काम हुँदै

झापाको चिया उद्योगमा आगलागीबाट ३० लाखको क्षति

सन् २०२७ देखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव
अरुपनि पढ्नुहोस
सबै
नमोबुद्ध जात्रा: करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला

हुलाकी सडकले फेरिएको राप्तीपारिको मुहार, आधा घण्टामै पुगिन्छ नेपालगञ्ज

राष्ट्र बैङ्कद्वारा विदेशी मुद्राको विनिमयदर निर्धारण

















