सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा पुग्यो एक लाख ३६ हजार दुई सय

नवलपुर टुडे
२०८० चैत्र २६ | मध्यान्ह १२:१२ बजे

काठमाडौं, चैत २६ । नेपाली बजारमा सुनको मूल्य आज पनि वृद्धि भएको छ । सुनको मूल्य दिनप्रतिदिन बढेर नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा छ सय रुपैयाँले वृद्धि भएको छ । आइतबार प्रतितोला एक लाख ३५ हजार छ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बढेर एक लाख ३६ हजार दुई सय कायम भएको छ ।
यस्तै आइतबार प्रतितोला एक लाख ३४ हजार नौ सय ५० रुपैयाँ मा कारोबार भएको तेजाबी सुन आज बढेर तोलामा एक लाख ३५ हजार पाँच सय ५० रुपैयाँ तय भएको छ ।
त्यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आइतबार प्रतितोला एक हजार छ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आजका एक हजार छ सय ८५ रुपैयाँ कायम भएको छ ।























