पछिल्लो ८ महिनामा ७८ प्रतिशतले बढ्यो मोबाइल बैंकिङ कारोबार

नवलपुर टुडे


काठमाडौँ । पछिल्लो ८ महिनामा मोबाइल बैंकिङ कारोबार ७८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा मोबाइल बैंकिङमार्फत कूल २ खर्ब ९१ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको हो ।
२०७९ असार मसान्तसम्ममा यस्तो मोबाइल बैंकिङमार्फत १ खर्ब ६३ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । समीक्षा अवधिमा १ खर्ब २८ अर्ब ६९ करोड रुपैयाँले कारोबार बढेको हो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ता (यूजर) हरुको सङ्ख्या २ करोड ३७ लाख ८३ हजार पुगेको छ । अघिल्लो वर्षको असार मसान्तसम्म यस्तो सङ्ख्या १ करोड ८३ लाख ७ हजार रहेको थियो ।
यसैगरी, समीक्षा अवधिमा १ करोड ८७ लाख ४९ हजार बराबरका इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरूमार्फत १४ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको बैंकले जनाएको छ । गत असार मसान्तमा १ करोड ६८ लाख ४३ हजार इन्टरनेट प्रयोगकर्ताहरूमार्फत १५ अर्ब ६३ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । तुलनात्मक रूपमा यो वर्ष इन्टरनेट बैंकिङ प्रयोगकर्ता र कारोबार दुवै घट्न पुगेको हो ।
कुन भुक्तानी सुविधाबाट कति भयो कारोबार ?
आरटीजीएस– ३४ खर्ब ५३ अर्ब ७४ करोड ७० लाख रुपैयाँ
एटीएम– क्यास वीथ ड्र– ८८ अर्ब ७ करोड रुपैयाँ
इलेक्ट्रोनिक चेक क्लियरिङ्ग (ईसीसी)– ४ खर्ब ८० अर्ब ५० करोड ५० लाख रुपैयाँ
कनेक्ट आईपीएस– ४ खर्ब ८३ अर्ब १८ करोड २० लाख रुपैयाँ
डेविट कार्ड– ९१ अर्ब ४८ करोड रुपैयाँ
क्रेडिट कार्ड– १ अर्ब ७६ करोड ८० लाख रुपैयाँ
प्रिपेड कार्ड– ६१ करोड ९० लाख रुपैयाँ
ब्रान्चलेस बैंकिङ– १ अर्ब ५८ करोड १० लाख रुपैयाँ
वालेट– २४ अर्ब २ करोड रुपैयाँ
क्यूआर पेमेन्ट– ४२ अर्ब ५६ करोड रुपैयाँ
पोइन्ट अफ सेल्स् (पीओएस)– ५ अर्ब १८ करोड ९० लाख रुपैयाँ
ई–कमर्स– ६० करोड ६० लाख रुपैयाँ

फोहर बिक्रीबाट व्यास नगरपालिकालाई नौ लाख आम्दानी

विदेशको रोजगारी छाडेर गाउँमै भैँसीपालन, घ्यू बेचेर वार्षिक तीन लाख बचत

बैसरी–रिसिनचौतारी सडक स्तरोन्नति सुरु, तीन करोड ३५ लाख लागतमा काम हुँदै

झापाको चिया उद्योगमा आगलागीबाट ३० लाखको क्षति

सन् २०२७ देखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव
अरुपनि पढ्नुहोस
सबै
नमोबुद्ध जात्रा: करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला

हुलाकी सडकले फेरिएको राप्तीपारिको मुहार, आधा घण्टामै पुगिन्छ नेपालगञ्ज

राष्ट्र बैङ्कद्वारा विदेशी मुद्राको विनिमयदर निर्धारण

















