मुख्य समाचार

ताप्लेजुङमा आगलागी, सात दिनमा सात घर जले

रासस
२०८० चैत्र ७ | बिहान ०६:१२ बजे

ताप्लेजुङ ।  ताप्लेजुङमा मङ्गलबार आगालागी हुँदा दुई वटा घर जलेका छन् ।  मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा  आगलागी हुँदा रु १५ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

दुवै घरका नगद , खाद्यान्न, लत्ताकपडालगायत नष्ट भएका छन् । घर नजिकै रहेका दुई वटा गोठ पनि जलेका छन् । 

जिल्लाका केही वनमा पनि आगो सल्केको छ । बितेका सात दिनमा सात वटा घर जलेका उक्त कार्यालयले जनाएको छ । 

कमेन्टहरु