पाल्पा रामपुरको मुख्य बजार क्षेत्रबाट म्याद नाघेका सामाग्री जफत

असिम कामु


पाल्पा, चैत ६। जिल्लाको रामपुर नगरपालिकाले मुख्य बजार क्षेत्र बाट म्याद नाघेका सामाग्री जफत गरेको छ। बजार अनुगमनको क्रममा ५६ हजार बढीको सामाग्री जफत गरी लिई नष्ट गरेको हो। उपभोक्ता हितलाई मध्यनजर गर्दै नगरपालिकाले मंगलबार वडा नम्बर ३ को रजघरा, वडा नम्बर ४ को सदावर्त, वडा नम्बर ५ को मटेरी, बाङ्गेपसल, बेझाँड बजार क्षेत्रमा रहेका ४६ वटा पसल तथा व्यवसायको अनुगमन गरेको थियो।
अनुगमनको क्रममा ५६ हजार ६ सय ५९ रुपैयाँ बराबरको ३५ प्रकारका अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्यम विकास सहजकर्ता मनोज घिमिरेले जानकारी दिनुभयो। रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डितले मापदण्ड पुरा गरेर मात्र व्यवसाय सञ्चालन गर्न अनुरोध गरिएको र पटकपटक अटेर गरेमा कानुनी प्रक्रिया अनुसार कारवाही गरिने बताउनुभयो।
उपभोक्ता हितलाई मध्यनजर गर्दै अनुगमन गरिएको रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले बताउनुभयो। उहाँले स्वस्थ खाद्यवस्तु उपभोग गर्न पाउने उपभोक्ताको अधिकारलाई सुनिश्चित गरी पसल व्यवसाय सञ्चालन गर्न आग्रहसमेत गर्नु भएको थियो।

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
अरुपनि पढ्नुहोस
सबै
व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
















