अपराध

माओवादी केन्द्रका उपाध्यक्ष महरा रुपन्देहीबाट पक्राउ

नवलपुर टुडे
२०८० चैत्र ५ | बिहान १०:१२ बजे
फाइल तस्बिर

रुपन्देही । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार उनी रुपन्देहीबाट पक्राउ परेका हुन्।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गठित आयोगले सुन तस्करी प्रकरणमा महरालाई कारबाही गर्न सिफारिस गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

महरालाई भैरहवा विमानस्थलबाट यति एयरलाइन्सको जहाजमा काठमाडौं ल्याइँदै छ । उनी ६० किलो सुन तस्करीमा संलग्न देखिएपछि प्रहरीले पक्राउ गरेको हो ।

 

 

कमेन्टहरु