राजनीति

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, सरकारमा सहभागी हुने/नहुने निर्णय गर्ने

जगत ठाडा मगर
२०८० फाल्गुन २३ | बिहान ०६:११ बजे

काठमाडौं,फागुन २३ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन बनाएपछि त्यसमा सहभागी हुने नहुने निर्णय गर्न पाटीको बैठक बस्न लागेको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

नयाँ गठबन्धनमा सहभागी हुन एकीकृत समाजवादीलाई माओवादी केन्द्र र एमालेको तीव्र दबाब छ । दुवै पार्टीका अध्यक्ष नेपालको निवास नै पुगेर गठबन्धन र सरकारमा सहभागी हुन आग्रह गरिरहेका छन् ।

कमेन्टहरु