हास्य कलकार पवन खतिवडा (म्याकुरी) ले गाए आफ्नै जीवनमा मेल खाएको गीत

नवलपुर टुडे


काठमाडौँ । हास्य कलकार पवन खतिवडा (म्याकुरी) ले आफ्नै जीवनमा मेल खाएको गीत गाएका छन्। आदेश गुर्माछनले संगीत भरेको गीतमा काले विजयले लय मिलाएका छन् भने खतिवडाले आवाज दिएका छन्।
शुक्रबार दामी क्रियसन युट्युब मार्फत सार्वजनिक भएको गीतको बोल ‘बदनाम बनायौ’ भन्ने रहेको छ। पवनले ‘अहिले केही गर्दा मन मान्दैन सङ्गीत मात्र साथी जस्तो लाग्ने’ बताएका छन। तर उनले आफ्ना सर्मथकलाई अन्यथा नसोच्न आग्रह गरेका छन्।
केही समयदेखि पवन र पवनकी श्रीमती सुम्निमा खालिङको सम्बन्धबारे सामाजिक सञ्जालमा चर्चा भएको छ।
खालिङले आफूलाई पवनले श्रीमतीको रूपमा घरमा पनि नराखेको र डिभोर्स पनि नदिएको आरोप लगाएकी थिइन्। आफू हुँदाहुँदै पवनले अन्य केटीलाई गर्भवती बनाएको समेत उनको आरोप थियो।
खतिवडालाई कुटपिट गरेको आरोपमा बुधबार प्रहरीले सिन्धुपाल्चोकबाट शर्मिला वाइबालाई पक्राउ गरेको थियो। खतिवडाले शर्मिलालाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध प्रहरी वृत महाराजगञ्जमा मुद्दा दर्ता गरेका थिए। जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गर्न सिन्धुपाल्चोक प्रहरीसँग समन्वय गरेको थियो।

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
अरुपनि पढ्नुहोस
सबै
व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
















