मोटरसाइकलको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

नवलपुर टुडे


चितवन, फागुन ५ । चितवनको भरतपुर महानगरपालिका–१२ गोन्द्राङमा मोटरसाइकलको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु भएको छ ।
शुक्रवार साँझ ६ः१० बजेको समयमा नम्बर नखुलेको मोटरसाइकलले गोन्द्राङ बस्ने सुनिता श्रेष्ठको ३ वर्षीय छोरा विमर्श श्रेष्ठलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट घाइते भएका विमर्शको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा शुक्रवार राति ८ः१८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
विमर्शलाई टाउकोमा चोट लागि गम्भिर अवस्थामा उपचारको लागि अस्पताल पु¥याइएको थियो । ठक्कर दिने मोटरसाइकलको खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















