स्क्वायर होटलकी सञ्चालिका रोमी अर्याल पक्राउ

जगत ठाडा मगर


काठमाडौं, माघ २३ । ललितपुरको पुल्चोकस्थित स्क्वायर होटलकी प्रबन्ध निर्देशक रोमी अर्याललाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरले होटलकी सञ्चालिका अर्याललाई सोमबार पक्राउ गरेको एसपी नवराज कार्कीले बताए । रोमी आफैं परिसरमा उपस्थित भएकी थिइन् । होटलकी अर्की सञ्चालिका ललिता भण्डारी देवकोटाले माघ ७ मा प्रहरीमा आत्मसमर्पण गरेकी थिइन् । अदालतको आदेश अनुसार ललिता अहिले ‘तारेख’मा छिन् । उनीहरू विरुद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पुर्जी जारी भएको थियो ।
गत भदौ १४ गते होटल स्क्वायरको स्विमिङ पुलमा पौडी खेल्दा जावलाखेलका ४१ वर्षीय सजिलमान शाक्यलाई करेन्ट लागेर गम्भीर घाइते भएका थिए । शाक्यले स्वीमिङ पुल छेउको स्पट लाइटमा छुँदा करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनी अहिलेसम्म अचेत अवस्थामा छन् ।
त्यसपछि परिवारले होटलका दुई जना सञ्चालकविरूद्ध जाहेरी दिएका थिए । प्रहरीले ज्यान मार्ने उद्योग कसुरमा घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

एआईमा सहकार्य बढाउन चिनियाँ राष्ट्रपति सीको आग्रह

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
अरुपनि पढ्नुहोस
सबै
ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत

मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
















