कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

नवलपुर टुडे

सारांश
- टर्किएको आन्ताल्यामा आयोजित कोप–३१ सम्मेलनमा ‘फोर एच नेपाल’ले आइओएमको सहयोगमा हिमाली क्षेत्रका युवा आप्रवासन तथा सांस्कृतिक क्षतिसम्बन्धी साइड इभेन्ट सम्पन्न गरेको छ।
- संस्थापक अध्यक्ष लोकराज अवस्थीद्वारा प्रस्तुत कार्यपत्रमा जलवायु परिवर्तनका कारण हिमाली युवाहरूको पलायनसँगै उनीहरूको भविष्य, कला, संस्कृति र पहिचानसमेत सङ्कटमा परेको विषय उठाइएको छ।
- कार्यशालामा नेपालका हिमाली तथा पहाडी क्षेत्रको जलवायु सङ्कट समाधानका लागि अन्तर्राष्ट्रिय समुदायले तत्काल पहल गर्नुपर्ने र सबै तहमा युवा सहभागिता सुनिश्चित गर्नुपर्ने जोड दिइएको छ।

काठमाडौँ । टर्किएको आन्ताल्यामा आयोजना गरिएको जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–३१) मा ‘फोर एच नेपाल’ ले अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) को सहयोगमा आज साइड इभेन्ट सम्पन्न गरेको छ ।
‘हिमाली क्षेत्रका युवा आप्रवासन तथा सांस्कृति क्षति : जलवायु परिवर्तन तथा समाधानका उपाय’ विषयक कार्यशाला आइओएम पेभिलियन अन्तरगत ब्लु जोनमा आयोजना गरिएको थियो ।
त्यस्तै युवा पलायन केवल आफ्नो समूदाय छोड्नु मात्र नभई युवासँग त्यहाँको भविश्य, कलासंस्कृति तथा पहिचानपनि पलायन भइरहेको विषय पनि कार्यपत्रमा समावेश छ ।
त्यस्तै नेपालमा जलवायु परिवर्तनको कारण विशेष गरी हिमाली तथा पहाडी क्षेत्रमा सङ्कट बढेको यसको समाधानका लागि अन्तरराष्ट्रिय समुदायले तत्काल पहल गर्नुपर्ने विषयमा जोड दिइएको छ ।
त्यसमा गाउँदेखि अन्तर्राष्ट्रियस्तरसम्म युवाको सहभागिता सुनिश्चित गरिनु पर्नेमा समूहगत छलफलका सहभागीको भनाइ रह्यो । स्यान्टियागो नेटवर्क सचिवालयका जलवायु परिवर्तन तथा विपद् जोखिमसम्बन्धी विज्ञ लोरेन्जो ग्वाडाग्नोले नेपालमा भइरहेका पछिल्ला जलवायु परिवर्तनको प्रभावबारे आफू निकै चिन्तित रहेको बताए ।
जलवायु परिवर्तन एवं मानवसुरक्षासम्बन्धी अनुसन्धानकर्ता साबा नुरिनले हिन्दकुश हिमश्रृङ्खलामा भइरहेको जलवायु परिवर्तनले युवा र क्षेत्रका बासिन्दामा पारेको असरको बारेमा आफ्नो धारणा व्यक्त गरे ।
उक्त कार्यक्रमको सहजीकरण युवा अभियन्ता सुस्मिता अधिकारीले गरेकी थिइन् । कार्यशालामा क्यानाडा, स्वीटजरल्याण्ड, ट्रकी, जापान, इटाली, बंगलादेश, नेपाल, पाकिस्तानलगायतका जलवायु विज्ञ तथा अभियान्ताको सहभागिता थियो ।

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत

मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
अरुपनि पढ्नुहोस
सबै
विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम

बाँकेमा मतदानस्थल र केन्द्र पुनरावलोकनको तयारी

अन्ततः तीन आयोजनाको ठेक्का सम्झौता तोडियो
















