दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

रासस

सारांश
- नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरूलाई विभिन्न शुल्क, दस्तुर र करको जरिवाना तथा ब्याज मिनाहा सुविधा लिन आग्रह गरेको छ।
- आर्थिक ऐनअनुसार मङ्सिर मसान्तभित्र बक्यौता रकम र थप एक प्रतिशत रकम बुझाएमा सम्पूर्ण जरिवाना, ब्याज तथा शुल्क मिनाहा हुनेछ।
- अदालतमा मुद्दा विचाराधीन रहेका सेवा प्रदायकले पनि मुद्दा फिर्ता लिएर तोकिएको रकम बुझाएमा यो छुट सुविधा पाउनेछन्।

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीहलाई विभिन्न शुल्क, दस्तुर तथा करमा लागेको जरिवाना र ब्याज मिनाहाको सुविधा उपयोग गर्न आग्रह गरेको छ ।
प्राधिकरणले आर्थिक ऐन, २०८३ को दफा ४९ मा भएको व्यवस्थाअनुसार मङ्सिर मसान्तभित्र बक्यौता शुल्क वा दस्तुर वा कर तथा त्यसको एक प्रतिशत थप रकम दाखिला गरेमा लाग्ने जरिवाना, ब्याज तथा शुल्क मिनाहा हुने जनाएको छ ।
त्यसैगरी, सम्बन्धित कार्यालयबाट कर, शुल्क वा दस्तुर निर्धारण भई बक्यौता कायम भएका वा अदालत तथा न्यायिक निकायमा मुद्दा विचाराधीन रहेका सेवा प्रदायकले मुद्दा फिर्ता लिई निर्धारित रकम र त्यसको एक प्रतिशत थप रकम बुझाएमा पनि जरिवाना तथा ब्याज मिनाहा हुनेछ ।
प्राधिकरणको अनुमतिपत्र प्राप्त सम्पूर्ण दूरसञ्चार सेवा प्रदायकलाई मङ्सिर मसान्तभित्र आवश्यक रकम दाखिला गरी उक्त सुविधाको उपयोग गर्न अनुरोध गरिएको हो ।

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम

बाँकेमा मतदानस्थल र केन्द्र पुनरावलोकनको तयारी

अन्ततः तीन आयोजनाको ठेक्का सम्झौता तोडियो

‘ह्युमन’ बन्यो सन् २०२६ को वर्ष शब्द
अरुपनि पढ्नुहोस
सबै
आज कुष्माण्ड नवमी, पूर्णिमासम्म भगवान् विष्णुको विशेष पूजाअर्चना गरिने

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

लुम्बिनी विकास काेषका नवनियुक्त उपाध्यक्ष आनीले आज कार्यभार सम्हाल्दै

घमाइलो मौसमसँगै लुम्बिनीमा पर्यटकको घुइँचो, मायादेवी मन्दिरमा लामो लाइन
















