आज कुष्माण्ड नवमी, पूर्णिमासम्म भगवान् विष्णुको विशेष पूजाअर्चना गरिने

नवलपुर टुडे

सारांश
- आज कुष्माण्ड नवमीका अवसरमा भगवान् विष्णु र अमलाको रूखको विशेष पूजाआराधना गरिन्छ।
- धार्मिक मान्यता अनुसार आज अमला र पीपलको विवाह गराउँदा जन्मान्तरसम्म पुण्य प्राप्त हुन्छ।
- यस दिन कुभिन्डो, सुन, चाँदी र पहेँलो कपडा दान गर्नाले चिताएको फल प्राप्त हुने जनविश्वास छ।

काठमाडौँ । आज कुष्माण्ड नवमी, आजदेखि पूर्णिमासम्म भगवान् लक्ष्मीनारायण अमलाको बोटमा निवास गर्छन् भन्ने धार्मिक मान्यता छ ।
आजको यो दिनलाई कुष्माण्ड नवमी, अक्षय नवमी, अमला नवमी र धातृ नवमी पनि भनिन्छ । आज अमलाका अतिरिक्त भगवान् विष्णुको विशेष रूपमा पूजाअर्चना पनि गरिन्छ ।
पद्मपुराणअनुसार कार्तिक शुक्ल नवमीका दिन द्वापर युगको आरम्भ भएको थियो । यसै दिन भगवान् विष्णुले कुष्माण्ड नाम गरेको दैत्यको वध गरेको हुनाले यो दिनलाई कुष्माण्ड नवमी भनिएको हो । कुष्माण्ड दैत्यको शरीरबाट कुभिन्डो उत्पन्न भएको हुनाले यो दिन कुभिन्डो दान गर्नाले पुण्य प्राप्त हुन्छ ।
आजको दिन कुभिन्डो, सुन, चाँदी, पहेँलो कपडा, तामाको भाँडोमा तिल राखेर दान गर्ने मनुष्यले चिताएको फल प्राप्त गर्ने जनविश्वास छ ।

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

लुम्बिनी विकास काेषका नवनियुक्त उपाध्यक्ष आनीले आज कार्यभार सम्हाल्दै

घमाइलो मौसमसँगै लुम्बिनीमा पर्यटकको घुइँचो, मायादेवी मन्दिरमा लामो लाइन

एयर रुटभन्दा नियमित उडानलाई प्राथमिकता दिनुपर्नेमा जोड

पूर्वाधार विकास मन्त्रालयले सेवाबाट हटायो ७ इन्जिनियर, यस्तो छ कारण
अरुपनि पढ्नुहोस
सबै

एनपीएल: चितवन राइनोज र काठमाण्डू गोर्खाज भिड्दै

आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

फोहर बिक्रीबाट व्यास नगरपालिकालाई नौ लाख आम्दानी
















