Opens in a new tab

एनपीएल: चितवन राइनोज र काठमाण्डू गोर्खाज भिड्दै

नवलपुर टुडे

399Shares

सारांश

  • नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज चितवन राइनोज र काठमाण्डू गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ।
  • दुवै टोली आजको खेलमा जित हात पार्दै क्वालिफायर्समा स्थान पक्का गर्ने दाउमा छन्।
  • साँझ ५ बजे सुरु हुने यस खेलमा काठमाण्डू ८ अंक र चितवन ७ अंकसहित इलिमिनेटर चरणमा पुगेका हुन्।
dida bag ad

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज चितवन राइनोज र काठमाण्डू गोर्खाजले प्रतिस्पर्धा गर्दैछन् । खेलमा दुवै टोली जित निकाल्दै क्वालिफायर्समा स्थान बनाउने लक्ष्यमा हुनेछन् ।

काठमाण्डूले तेस्रो शीर्ष टोलीको रूपमा इलिमिनेटरमा स्थान बनाएको हो । टोलीले सात खेलबाट चार जित र तीन हारसहित आठ अंक जोडेको थियो ।

चितवन भने चौथो स्थान हासिल गर्दै इलिमिनेटरमा प्रवेश गरेको थियो । टोलीले सात खेलबाट समान तीन जित र हारसहित सात अंक जोडेको थियो । टोलीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।

यी दुईबीचको खेल साँझ ५ बजे सुरु हुनेछ ।