पूर्वाधार विकास मन्त्रालयले सेवाबाट हटायो ७ इन्जिनियर, यस्तो छ कारण

नवलपुर टुडे

सारांश
- पूर्वाधार विकास मन्त्रालयले विनाजानकारी कार्यालयमा अनुपस्थित भएका र स्वीकृतिबिना बिदामा बसेका ७ जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ।
- कारवाहीमा पर्नेहरूमा पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा, रमेश प्रसाद पौडेल र पदमेन्द्र प्रसाद श्रेष्ठ रहेका छन्।
- मन्त्रालयको गत कात्तिक २० गतेको निर्णयअनुसार उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको हो।

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले ७ जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ। मन्त्रालयले कार्यालयमा अनुपस्थित भएको तथा स्वीकृतिबिना बिदामा बसेको कसुरमा उनीहरूलाई सेवाबाट हटाएको हो।
सेवाबाट हटाइएकामध्ये ६ जना कार्यालयमा हाजिर नभएको र एकजना स्वीकृत नगराई बिदामा बसेको कसुरमा कारबाहीमा परेका आज सार्वजनिक सूचनामा उल्लेख छ।
कार्यालयमा हाजिर नभएको कसुरमा सेवाबाट हटाइएकामा पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा र रमेश प्रसाद पौडेल र स्वीकृत नगराई बिदामा बसेको कसुरमा पदमेन्द्र प्रसाद श्रेष्ठ रहेका छन्।
सूचना अनुसार गत कात्तिक २० गतेको निर्णयअनुसार भविष्यमा सेवाको निमित्त अयोग्य नठहरिने गरी उनीहरूलाई सेवाबाट हटाइएको छ।



एनपीएल: चितवन राइनोज र काठमाण्डू गोर्खाज भिड्दै

आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

फोहर बिक्रीबाट व्यास नगरपालिकालाई नौ लाख आम्दानी

विदेशको रोजगारी छाडेर गाउँमै भैँसीपालन, घ्यू बेचेर वार्षिक तीन लाख बचत
अरुपनि पढ्नुहोस
सबै
बैसरी–रिसिनचौतारी सडक स्तरोन्नति सुरु, तीन करोड ३५ लाख लागतमा काम हुँदै

झापाको चिया उद्योगमा आगलागीबाट ३० लाखको क्षति

सन् २०२७ देखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

नमोबुद्ध जात्रा: करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला
















