Opens in a new tab

घमाइलो मौसमसँगै लुम्बिनीमा पर्यटकको घुइँचो, मायादेवी मन्दिरमा लामो लाइन

संबाददाता

29Shares
dida bag ad

लुम्बिनी । अनुकूल र घमाइलो मौसमसँगै बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटक तथा तीर्थयात्रीको चहलपहल बढेको छ। बुधबार बिहानैदेखि मायादेवी मन्दिरमा दर्शन तथा अवलोकनका लागि आउने पर्यटकको लामो लाइन लागेको छ।

मन्दिर अगाडिको बगैंचादेखि प्रवेशद्वारसम्मै पर्यटक तथा तीर्थयात्रीहरू पालो कुरेर बसेका छन्। लाइनमा विदेशी पर्यटक, आन्तरिक पर्यटक तथा विभिन्न स्थानबाट आएका श्रद्धालुहरूको उल्लेख्य उपस्थिति देखिएको छ।

बुद्धको जन्मस्थल अवलोकन गर्न बिहानैदेखि लुम्बिनी पुगेका पर्यटकहरूले मायादेवी मन्दिरसँगै अशोक स्तम्भ र पवित्र पोखरीको समेत अवलोकन गरिरहेका छन्।

घमाइलो मौसमका कारण पछिल्लो समय लुम्बिनीमा पर्यटकीय गतिविधि बढेको स्थानीय व्यवसायीहरूले बताएका छन्। पर्यटकको आगमन बढेसँगै लुम्बिनी क्षेत्रका होटल, रेस्टुरेन्ट तथा अन्य पर्यटन व्यवसायमा समेत चहलपहल बढेको छ।

विश्वभरका बौद्ध धर्मावलम्बी तथा पर्यटकका लागि महत्वपूर्ण धार्मिक र पर्यटकीय गन्तव्यका रूपमा रहेको लुम्बिनीमा मौसम अनुकूल भएसँगै पर्यटकको आकर्षण थप बढेको देखिन्छ।