एयर रुटभन्दा नियमित उडानलाई प्राथमिकता दिनुपर्नेमा जोड
संबाददाता


भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न भारतसँग थप हवाई प्रवेशमार्ग (एयर रुट) को सहमतिभन्दा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
विमानस्थल सञ्चालनमा आएको लामो समय बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा अर्बौं रुपैयाँ लगानीका पर्यटन तथा होटल पूर्वाधार उपयोगविहीन बनेका छन् । निजी क्षेत्रले प्राविधिक समस्या, काठमाडौंकेन्द्रित हवाई सेवा र व्यवस्थापकीय कमजोरीलाई विमानस्थल सञ्चालनका प्रमुख चुनौती मानेको छ ।
विमानस्थलमा जडान गरिएको इन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम (आईएलएस) प्रभावकारी रूपमा सञ्चालन गर्न भारतसँग आवश्यक प्राविधिक सहमति जुटाउनुपर्ने सरोकारवालाको भनाइ छ । साथै, अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षित गर्न, यात्रु बजार विस्तार गर्न र वैदेशिक रोजगारी तथा पर्यटनसम्बन्धी सेवा भैरहवामै उपलब्ध गराउनुपर्ने माग गरिएको छ ।
होटल तथा रोष्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष राजेश महोत्राका अनुसार भैरहवा–लुम्बिनी क्षेत्रमा होटल तथा पर्यटन व्यवसायमा एक खर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ । नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा बैंकको ऋण, ब्याज र सञ्चालन खर्च धान्न व्यवसायीलाई कठिन भइरहेको छ ।
सरोकारवालाले भारतका प्रमुख सहरसँग सीधा हवाई सम्पर्क विस्तार, चार्टर उडान सञ्चालन, अन्तर्राष्ट्रिय प्रचारप्रसार तथा काठमाडौंका केही अन्तर्राष्ट्रिय उडान भैरहवा सार्न सरकारसँग माग गरेका छन् ।
उनीहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि प्राविधिक सहमति, व्यवस्थापकीय स्वायत्तता, सरकारी सेवा विकेन्द्रीकरण र नियमित उडान विस्तारलाई समेटेर एकीकृत योजना ल्याउनुपर्नेमा जोड दिएका छन् ।

पूर्वाधार विकास मन्त्रालयले सेवाबाट हटायो ७ इन्जिनियर, यस्तो छ कारण


एनपीएल: चितवन राइनोज र काठमाण्डू गोर्खाज भिड्दै

आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

फोहर बिक्रीबाट व्यास नगरपालिकालाई नौ लाख आम्दानी
अरुपनि पढ्नुहोस
सबै
विदेशको रोजगारी छाडेर गाउँमै भैँसीपालन, घ्यू बेचेर वार्षिक तीन लाख बचत

बैसरी–रिसिनचौतारी सडक स्तरोन्नति सुरु, तीन करोड ३५ लाख लागतमा काम हुँदै

झापाको चिया उद्योगमा आगलागीबाट ३० लाखको क्षति

सन् २०२७ देखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव
















