ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत

एजेन्सी

सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको सेन्जेन सहरमा अवतरण गरेका छन् जहाँ चिनियाँ राष्ट्रपति सी चिनफिङले उनलाई अँगालो हालेर न्यानो स्वागत गरेका छन्।
- ट्रम्पको स्वागतका लागि विमानस्थलमा रातो कार्पेट बिछ्याइएको थियो भने स्थानीय बासिन्दाहरूले पनि सडक किनारमा भेला भएर स्वागत गरेका छन्।
- विश्वका शक्तिशाली नेताहरूको शिखर सम्मेलनलाई मध्यनजर गर्दै ट्रम्प बस्ने होटेल आसपास कडा सुरक्षा व्यवस्था मिलाइएको छ।

सेन्जेन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको सेन्जेनमा अवतरण गरेका छन् ।
विमानबाट ओर्लने बित्तिकै चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति ट्रम्पलाई अँगालो हालेर न्यानो स्वागत गरेका छन् ।
विश्वका तीन सर्वाधिक शक्तिशाली नेताहरूबिच हुन लागेको अभूतपूर्व शिखर सम्मेलनको तयारीस्वरूप पछिल्लो केही घण्टादेखि सहरका विभिन्न भागमा सुरक्षा र निगरानी निकै कडा पारिएको छ ।
अमेरिकी राष्ट्रपति बस्ने होटेलनजिकैको सडक छेउमा पर्खिरहेका एक युवाले ट्रम्पको भ्रमणले दुई देशबिचको सम्बन्ध सुधार हुने अपेक्षा व्यक्त गरे । उनले भने, ‘श्रीमान् ट्रम्पको यो आगमन अमेरिका र चीनबीचको सेतु बन्न सकोस् भन्ने म आशा गर्दछु ।’
राष्ट्रपति ट्रम्प बस्ने बताइएको होटेलबाहिर केही स्थानीय बासिन्दाहरू भेला भएका छन् । उक्त क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ भने सुरक्षाकर्मीहरूले बटुवाहरूलाई त्यहाँ नरोकिन र भिडभाड नगर्न आग्रह गरिरहेका छन् ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै होटेलको प्रवेशद्वारमा बार (ब्यारिकेड) लगाएर आवतजावत बन्द गरिएको छ ।

मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम

बाँकेमा मतदानस्थल र केन्द्र पुनरावलोकनको तयारी
अरुपनि पढ्नुहोस
सबै
अन्ततः तीन आयोजनाको ठेक्का सम्झौता तोडियो

‘ह्युमन’ बन्यो सन् २०२६ को वर्ष शब्द

आज कुष्माण्ड नवमी, पूर्णिमासम्म भगवान् विष्णुको विशेष पूजाअर्चना गरिने

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन
















