Opens in a new tab

एआईमा सहकार्य बढाउन चिनियाँ राष्ट्रपति सीको आग्रह

एजेन्सी

1.6KShares

सारांश

  • चिनियाँ राष्ट्रपति सी जिनपिङले एआई, डिजिटल अर्थतन्त्र र स्वतन्त्र व्यापारमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न आह्वान गरेका छन्।
  • उनले एसिया–प्रशान्त क्षेत्रमा व्यापार तथा लगानीका अवरोध हटाउँदै साझा समृद्धिको लागि जोड दिएका छन्।
  • अमेरिकी राष्ट्रपतिसँगको भेटको पूर्वसन्ध्यामा आएको यो आह्वानले चीनले विदेशी लगानी र बजार पहुँच विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
dida bag ad

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बौद्धिकता (एआई), डिजिटल अर्थतन्त्र र स्वतन्त्र व्यापारमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न आह्वान गरेका छन् । उनले एसिया–प्रशान्त क्षेत्रमा साझा समृद्धिका लागि व्यापार तथा लगानीका अवरोध हटाउनुपर्नेमा पनि जोड दिएका छन् ।

सेन्जेनमा बुधबार एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) बैठक उद्घाटन गर्दै सीले वैज्ञानिक नवप्रवर्तन, एआई र हरित विकासमा साझेदारी बढाउन आग्रह गरे । उनले चीनले विदेशी लगानी तथा व्यवसायका लागि बजार पहुँच विस्तार गर्ने बताए ।

सीको यो आग्रह अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिहीबार हुने अपेक्षित भेटवार्ताको पूर्वसन्ध्यामा आएको हो । दुई देशबिच व्यापार तनाव बढिरहेका बेला अमेरिकाले एआईका मोडेल प्रशिक्षण र सञ्चालनमा प्रयोग हुने उन्नत चिप्स चीन निर्यातमा थप प्रतिबन्ध लगाएको छ । चीनले भने अमेरिकी शुल्कको जवाफमा प्रतिकारात्मक कदम चालेको छ ।

गत वर्ष एपेक बैठकका क्रममा भएको व्यापार युद्ध रोक्ने अस्थायी सहमति आगामी जनवरीमा समाप्त हुँदैछ । यसैबिच, एनभिडियाले बुधबार उल्लेखनीय आम्दानी सार्वजनिक गरे पनि कम्पनीका पूर्वप्रमुख जेन्सेन हुआङको चीनका लागि जासुसी गरेको आशङ्का गरिएकी महिलासँगको सम्बन्धसम्बन्धी विवादले समाचारमा स्थान पाएको छ ।