सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

नवलपुर टुडे

सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाले संवैधानिक दायित्वसँगै मुलुकको सडक पूर्वाधार र विकास निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको बताएका छन्।
- उनले काठमाडौँ–तराई/मधेस द्रुतमार्ग अन्तर्गत महादेवटार सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रममा सेनाको व्यावसायिक दक्षता र राष्ट्रप्रतिको समर्पण प्रशंसनीय रहेको उल्लेख गरे।
- सो द्रुतमार्गको निर्माणले यातायात प्रणालीमा परिवर्तन ल्याउनुका साथै राष्ट्रिय अर्थतन्त्र, आर्थिक-सामाजिक रूपान्तरण र राष्ट्रिय एकतालाई सुदृढ गर्ने उनको विश्वास छ।

हेटाैँडा । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाले आफ्नो संवैधानिक दायित्व र राष्ट्रिय सुरक्षासम्बन्धी जिम्मेवारीसँगै मुलुकको सडक पूर्वाधार तथा विकास निर्माणका क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताएका छन् ।
सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडकअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको (३.३९९मिटर)को ‘ब्रेक थ्रु’ कार्यक्रममा राष्ट्रपति पौडेलले राष्ट्रिय गौरवको आयोजनादेखि विशेष प्रकृतिका सुरुङ र पुल निर्माणमा सेना अहोरात्र क्रियाशील रहेको बताए ।
उनले भने- “विशेषगरी विकट भौगोलिक अवस्था, जटिल भू–बनोट तथा प्रतिकूल परिस्थितिका बाबजुद राष्ट्रिय महत्वका सडक तथा पूर्वाधार निर्माणमा सेनाले लामो समयदेखि गर्दै आएको व्यावसायिक दक्षता, कार्यकुशलता र राष्ट्रप्रतिको समर्पण प्रशंसनीय एवं अनुकरणीय छ ।”
राष्ट्रपति पौडेलले काठमाडौँ उपत्यकालाई तराई/मधेससँग प्रत्यक्ष रूपमा जोड्ने करिब ७१ किलोमिटरको अत्याधुनिक प्रविधिमा आधारित द्रुतमार्गको निर्माणपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे ।
राष्ट्रपति पौडेलले भने- “यो आयोजना सञ्चालनबाट यात्रा समय तथा दूरीमा उल्लेखनीय कटौती हुन्छ, त्यसबाट इन्धन खपत र सवारीसाधनको सञ्चालन तथा मर्मतसम्भार खर्चमा पनि उल्लेख्य बचत हुनेछ, राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदानमार्फत देशको आर्थिक, सामाजिक रूपान्तरणमा अहम् भूमिका निर्वाह गर्ने आयोजना समयमा नै सम्पन्न गर्न नेपाल सरकार र सेना दृढ रहेको पाएको छु ।”
आयोजनाको महत्व केबल भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नभएको जनाउँदै उनले राजधानी काठमाडौँ र तराई/मधेसबिचको भौगोलिक दूरी घटाउने तथा सामाजिक सदभाव, आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
राष्ट्रपति पौडेलले भने– “पर्यटन प्रर्वद्धन, व्यापार तथा पारवहन सहजीकरण, क्षेत्रीय आर्थिक गतिविधिको विस्तार र दिगो विकासका लक्ष्य प्राप्तिमा यस आयोजनाको योगदान दूरगामी र महत्वपूर्ण रहने अपेक्षा छ, आयोजना निर्माणमा कुनै कसर बाँकी नराखी प्रभावकारी समन्वय र जिम्मेवारी पूर्ण प्रतिबद्धताका साथ सेनालाई सबैको सहयोग रहने विश्वास गरेको छु ।”
उक्त कार्यक्रममा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालस्थित चीनका राजदूत चाङ माओमिङ तथा कोरियाका राजदूत पार्क जे क्यूङ र प्रधानसेनापति अशोकराज सिग्देललगायत सहभागी रहेका थिए ।

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत

मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत
अरुपनि पढ्नुहोस
सबै
दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम

बाँकेमा मतदानस्थल र केन्द्र पुनरावलोकनको तयारी
















