काभ्रेको पनौतीमा ७३ बोरा गाँजासहित तीन जना पक्राउ

जगत ठाडा मगर


काभ्रे, माघ २२ । काभ्रेपलाञ्चोकको पनौतीबाट प्रहरीले ७३ बोरा गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीले सोमबार बिहान पनौती नगरपालिका -५ आईटी पार्कस्थित बनेपा सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा ६ च २९६ नम्बरको डीआई गाडीमा भर्खर काटेको जस्तो हरियो देखिने अप्रशोधित गाँजा ७३ बोरा बरामद गरेको थियो ।
प्रहरीले गाँजासहित गाडीका चालक नुवाकोट बिदुर – ११ घर भइ हाल काठमाडौं बालाजु डेरा गरी बस्ने ३५ वर्षीय बुद्धमान तामाङ, रामेछाप – ८ घर भई हाल काठमाडौं बालाजु डेरा गरी बस्ने २० वर्षीय संजीव तामाङ र रामेछाप – ८ घर भइ हाल काठमाडौं बालाजु डेरा गरी बस्ने ५३ वर्षीया बिमला तामाङलाई पक्राउ गरिएको छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एआईमा सहकार्य बढाउन चिनियाँ राष्ट्रपति सीको आग्रह

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
अरुपनि पढ्नुहोस
सबै
ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत

मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
















