Opens in a new tab

खेलकुद, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

१४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड समापन, उपाधि बुढिनन्दा

उमेश रोकाया
२०८० माघ २१ | मध्यान्ह ०४:१० बजे

बाजुरा । १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड समापन, उपाधी बुढिननदा नगरपालिका लिएको छ।

“स्वास्थका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद” अभियान साथ कोल्टी जनप्रकाश माध्यमिक बिधालय कोल्टी १४ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता २०८० को माघ महिना १५ गते १८ सञ्चालन गरिएको हो। उक्त खेलकुदमा प्रथम स्थान हासिल गर्ने पहिलो बुढीनन्दा नगरपालिकाले हात पारेको छ। जसको स्वर्ण १८ रजत २१ काश्य ३ ल्याएको छ। भने दितिय स्थानमा बडिमालिका नगरपालिका स्वर्ण १८ रजत १४ काश्य ६ ल्याएको र तृतीय स्थानमा खप्तड छेडेदह गाउँपालिका स्वर्ण ८ रजत १४ काश्य ४ ल्याएको जिल्ला खेलकुद समितिले बताएको छ।

उक्त समापन कार्यक्रम अध्यक्ष जिल्ला खेलकुद बाजुराका अध्यक्ष राकेश थापा प्रमुख अतिथि बुढिनन्दा नगरपालिका प्रमुख जनक बोहरा, त्रिवेणी नगरपालिका नगरप्रमुख कर्ण बहादुर थापा, स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकाया लगायत नौ वटा पालिका नगर प्रमुख, उप प्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहित जिल्ला विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुको उपस्थितिमा कार्यक्रम समापन गरिएको छ। सोही कार्यक्रम संचालक नरेश नाथले गरेको आयोजकले बताएको छ।

कमेन्टहरु