राैतहटमा पिच र ढलान सडकमै पराल राख्नेदेखि गाईवस्तु बाँध्ने काम हुँदै

अशोक यादव


रौतहट, माघ १७ । रौतहटका भित्री पीच सडकहरू स्थानीय बासिन्दाको बिस्कुन चुकाउने थलोका रुपमा परिणत हुन थालेका छन् । पालिकाहरूले गाउँका बाटोहरू पिच तथा ढलान गरेपछि स्थानीय बासिन्दालाई बिस्कुन सुकाउने र गाईवस्तु बाँध्ने ठाउँका रूपमा परिणत हुन थालेको हो ।
रौतहट जिल्लाका अधिकांश भित्री पीठ तथा सडक बाटोहरूमा सवारी साधन हिड्नै नमिल्ने गरी बिस्कुन तथा गाई वस्तु बाँध्ने गरिएका कारण सवारी साधन आवागमनमा समस्या भएको छ । स्थानीय पालिकाहरूले सर्वसाधारणको सहजताका लागि गरिदिएको पिच र ढलान सडक यतिबेला सर्वसाधारणका लागि गाईवस्तु बाँध्ने थलो तथा बिस्कुन सुकाउने ठाउँका रुपमा परिणत हुँदै गएपछि समस्या उत्पन्न हुँदै गएको स्थानीय बासिन्दाले बताएका छन् ।
सवारी गुड्ने भित्री सडकहरूमा असरल्ल पराल सुकाउने र गाई बाख्रा बाँध्ने गरेका कारण सवारी दुर्घटनाको खतरा बढ्दै गएको कटहरियाका स्थानीयहरुले बताए । जिल्लाका ग्रामीण पिच तथा ढलान सडकमै वस्तु बाँधेर राखिने गरेका कारण ती स्थानमा जाने सवारी साधनले बाटो नै नपाउने गरेको कटहरिया बासिको भनाइ छ ।
पिच र ढलान सडकमै पराल सुकाउने देखि बाख्रा बाँध्ने काम भएका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै जान थालेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । बीच सडक तथा ढलान सडकको महत्त्वका बारेमा स्थानीय बासिन्दालाई जानकारी नभएका कारण उनीहरूले सडकमै बिस्कुल सुकाउने पराल सुकाउने देखि लिएर गाईवस्तु बाँध्ने गरेको स्थानीय बासिन्दाको भनाइ छ ।
जिल्लाका भित्री सडकमा हुने यस्ता गतिविधिका कारण भित्री सडकहरूमा पछिल्लो समय सवारी दुर्घटना बढ्दै जान थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले बताएको छ ।

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















