सुदूरपश्चिममा गठबन्धनका उम्मेदवार विजयी

नवलपुर टुडे


धनगढी, माघ ११ । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । आज भएको निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवारलाई पराजित गरी उहाँहरू विजयी हुनुभएको हो ।
अन्यतर्फ कांग्रेसका बलदेव बोहरा चार हजार ३२८ मतभार पाएर विजयी हुनुभएको छ । यसैगरी, महिलातर्फ नेकपा (माओवादी केन्द्र) का रेणु चन्द विजयी हुनुभयो । उहाँले चार हजार ४५३ मतभार प्राप्त गर्नुभएको छ । अपाङ्गतर्फ नेपाली कांग्रेसका नारायणदत्त भट्ट चार हजार ४१९ मतभार पाएर विजयी हुनुभयो ।
प्रमुख प्रतिपक्षी दल एमालेका अन्यतर्फ ईश्वरी पोखरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्गतर्फ रामचन्द्र जोशी पराजित हुनुभयो । सुदूरपश्चिम प्रदेशमा २२८ मत रहेकोमा २२५ मत खसेको थियो ।

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















