वीरेन्द्रनगरमा यातायात व्यवसायीहरुबिच झडप, दुई जना घाइते

नवलपुर टुडे


सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा रहेको बसपार्क क्षेत्रमा यातायात व्यवसायीहरुबिच झडप भएको छ । टिकट काट्ने विषयलाई लिएर दुई यातायात समूहका व्यक्तिहरूबिच झडप भएको हो । वीरेन्द्रनगरमा भर्खरै सञ्चालनमा आएको ‘भिजिट कर्णाली यातायात’ प्रालि र संयुक्त यातायात व्यवसायीहरूका बिचमा झडप भएको प्रहरीको भनाई छ । शनिवार बिहान भिजिट कर्णाली यातायातका व्यवसायीहरूमाथि संयुक्त यातायातका व्यक्तिहरूले हातपात गरेको बुझिएको छ ।
भिजिट कर्णालीको टिकट काट्ने ठाउँ बसपार्क भन्दा केही अगाडि रहेको बुलबुले गेट नजिकै काउन्टरमा टिकट काटिरहेका बेला हातपात भएको उक्त प्रालिका अध्यक्ष प्रकाश शाहीले जानकारी दिए । हातपातबाट भिजिट कर्णाली यातायातमा काम गर्ने दुई जना घाइते भएको र उनीहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । दोस्रो पक्षले भने सिटी बसपार्कबाटै टिकट सञ्चालन गर्नुपर्ने बताएका छन् । तर भिजिट कर्णाली यातायातलाई भने वीरेन्द्रनगर नगरपालिकाले चलानी नम्बर २८९० का अनुसार अर्को निर्णय नहुँदासम्मलाई बसपार्क बाहिरैबाट सेवा सञ्चालन गर्ने अनुमति दिएको थियो । सोही अनुसार आफूहरूले बुलबुले गेट नजिकबाट सेवा सञ्चालन गरेको अध्यक्ष शाहीले बताए ।
‘हामीमाथि बडो अन्याय भयो, ’ उनले भने, ‘ हामीलाई उहाँहरूले गुन्डाको प्रयोग गरेर कुटपिट गर्नुभयो । यो कहाँको न्याय होला ? काम गरेर पनि खान नपाउनु ।’
कांक्रेबिहार यातायात प्रालिका अध्यक्ष रमेश कुमार सापकोटाले पनि बसपार्कभित्रबाट टिकट काट्नुपर्छ भन्ने विषयलाई लिएर विवाद भएको बताउँछन् । ‘हामीले संयुक्त यातायात भित्र बसेर काम गरिरहेकै छौँ,’ उनले भने, ‘बाहिरबाट मान्छे हाल्दा राम्रो हुँदैन कि भनेर भनिएको हो । यसै विषयमा सामान्य विवाद भएको हो ।’ घटनाको विषयलाई लिएर यतिबेला बसपार्क वरपरको क्षेत्र तनावग्रस्त छ । त्यहाँ ठुलो मात्रामा प्रहरीसमेत परिचालन गरिएको छ ।

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















