भ्वाइस अफ नेपालको ग्राण्ड फिनाले आज गोदावरीमा हुँदै

नवलपुर टुडे


काठमाडौं, पुस २७ । ‘भ्वाइस अफ नेपाल’को सिजन ५ ले शुक्रबार विजेता प्राप्त गर्दैछ । बेलुका ललितपुरको गोदावरीस्थित सनराइज हलमा भव्य फिनालेको आयोजना गरिएको छ । चारजना कोचको समूहका चार फाइनलिस्ट उपाधिको लागि भिड्दैछन् ।
जसमा कोच मिलन नेवारको समूहबाट विनोद राई, कोच प्रमोद खरेलको समूहबाट नोगेन लिम्बू, कोच राजेशपायल राईको समूहबाट मकरबहादुर योञ्जन र कोच उदय सोताङको समूहबाट कुमार प्रयास राईले फिनालेमा प्रतिस्पर्धा गर्दैछन् । यीमध्ये बढी भोट प्राप्त गर्ने एकजना विजेता चुनिनेछन् ।
दर्शकले आजको पर्फमेन्सको अन्तिमसम्म खल्ती एपमार्फत भोट गर्न सक्नेछन् । आजको फिनाले समारोहमा कोच, भ्वाइस किड्सका कोच, लोकस्टारका जज र फाइनलिस्टले प्रस्तुति दिने भएका छन् । तीन हजार सिट क्षमता भएको हलमा दर्शकले खल्ती एपबाट टिकट किनेर कार्यक्रम हेर्न सक्नेछन् ।

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















