बरहथवा घटनाको विरोधमा तरुण दलले निकाल्यो लालबन्दीमा मसाल जुलुस

जगत ठाडा मगर


लालबन्दी, पुस २१ । शुक्रबार बरहथवामा प्रहरीको गोली लागि एक युवकको मृत्यु भएपछि त्यसको चौतर्फी विरोध भएको छ । यसै क्रममा घटनाको विरोधमा तरुण दलले पनि लालबन्दीमा मसाल जुलुस निकालेको छ ।
तरुण दलका केन्द्रीय सदस्य विभुसिंह थापाको नेतृत्वमा लालबन्दीमा विरोध गरिएको हो । तरुण दलमा आवद्ध युवाहरुले लालबन्दीमा शनिबार साँझ मसाल जुलुस प्रदर्शन गर्दै घटनाको विरोध जनाएका हुन् ।

उनीहरुले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कार्वाहीको दायरामा ल्याउन माग गर्दै विरोध जनाएको तरुण दलका एक सदस्यले बताएका छन् ।
बरहथवामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतीको विषयलाई लिएर भएको विरोध प्रदर्शनका क्रममा प्रहरीको गोली लागि स्थानीय जयशंकर साहको मृत्यु भएको थियो ।


हटायो टिकटकले नेपालका २० लाखभन्दा बढी भिडियो

नेपाल सम्बत् न्हूदँ बुद्धिचाल बुधबार देखि

एनपीएल : जनकपुरले खोल्यो जितको खाता, काठमाण्डू आठ विकेटले पराजित

भूमिहीन र सुकुम्बासीकाको काम तत्कालै सुचारु गर्ने – सरोकारवालाको प्रतिबद्धता

काँग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यले लिए शपथ
अरुपनि पढ्नुहोस
सबै
एनपीएल : विराटनगर किंग्स र कर्णाली याक्स तथा जनकपुर बोल्ट्स र काठमाण्डू गोर्खाज भिड्दै

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

मुस्ताङमा एक अर्ब १४ करोड बढीको स्याउ उत्पादन
















