Opens in a new tab

एनपीएल : विराटनगर किंग्स र कर्णाली याक्स तथा जनकपुर बोल्ट्स र काठमाण्डू गोर्खाज भिड्दै

नवलपुर टुडे

1.2KShares

सारांश

  • नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जनकपुर बोल्ट्स र काठमाण्डू गोर्खाजबीच त्रिवि क्रिकेट रंगशालामा प्रतिस्पर्धा हुँदैछ।
  • पहिलो खेलमा पराजित भएको जनकपुर प्रतियोगितामा पहिलो जितको खोजीमा छ भने काठमाण्डू आज पहिलो खेल खेल्दै सुखद सुरुआत गर्ने दाउमा छ।
  • आजै हुने दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्स भिड्नेछन्, जहाँ कर्णाली लगातार दोस्रो जितको लक्ष्यमा छ भने विराटनगर पहिलो जितको खोजीमा रहेको छ।
dida bag ad

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज जनकपुर बोल्ट्स र काठमाण्डू गोर्खाजले प्रतिस्पर्धा गर्दै छन् । खेलमा जनकपुर जित निकाल्दै प्रतियोगितामा जितको खाता खेल्ने लक्ष्यमा हुनेछ । जनकपुर पहिलो संस्करणको विजेता हो ।

जनकपुरको यो दोस्रो खेल हो । यसअघि जनकपुरले कात्तिक १० गते भएको पहिलो खेलमा कर्णालीसँग १९ रनको हार व्यहोरेको थियो ।

काठमाण्डू भने सुखद् सुरुआतको खोजीमा छ । काठमाण्डूको यो पहिलो खेल हो । टोलीले गत संस्करण इलिमिनेटरसम्म खेलेको थियो । लिग चरणमा १० अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको काठमाण्डू साविक उपविजेता लुम्बिनी लायन्ससँग चार विकेटको हार व्यहोर्दा अगाडि बढ्नसकेको थिएन ।

यी दुईबीचको खेलमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा मध्याह्न १२ः३० बजे हुनेछ ।

आजै हुने दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्सले खेल्दै छन् । खेलमा कर्णाली लगातार दोस्रो जितको खोजीमा छ । कर्णालीले गत कात्तिक १० गते पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १९ रनले हराउँदै विजयी सुरुआत गरेको थियो ।

यता, विराटनगर भने पहिलो जीतको खोजीमा छ । विराटनर पनि कात्तिक १० गते भएको खेलमा चितवन राइनोजसँग आठ रनले पराजित भएको थियो ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा नेपाली समय अनुसार साँझ ५ बजे सुरु हुनेछ ।