नेपाल सम्बत् न्हूदँ बुद्धिचाल बुधबार देखि

राजु ताम्राकार

सारांश
- न्हूदँ ११४७ को अवसरमा नेपालभाषा मंकाः खलः यलको आयोजनामा बुद्धिचाल, १० किलोमिटर दौड र साइकल र्याली लगायतका खेलकुद प्रतियोगिताहरू सञ्चालन हुने भएका छन्।
- प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा भिंतुना सांस्कृतिक र्याली, मण्डला लेखन, स्वास्थ्य शिविर, दीप प्रज्वलन तथा सांगीतिक साँझसहितका साताब्यापी कार्यक्रमहरू हुनेछन्।
- न्हूदँको अवसरमा नेपालभाषाको नयाँ पात्रो, वर्णमाला र म्हःपूजाको तान्त्रिक विधि समेटिएको बुकलेट समेत प्रकाशन गरिनेछ।

ललितपुर, कार्तिक १२ । न्हूदँ समारोह समिति ११४७ को अवसरमा नेपालभाषा मंकाः खलः यलले पाँचौ संस्करणको राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने जानकारी गराएका छन्। बिहिबार मंकाः खलःको सभाहलमा सम्पन्न पत्रकार सम्मेलन मार्फत विभिन्न खेलकुद कार्यक्रम अन्तर्गत कार्तिक १८ र १९ गते बुद्धिचाल, कार्तिक २३ गते राष्ट्रब्यापी खुल्ला १० कि.मि. दौड प्रतियोगिताका साथै २४ गते ३० किमि साइकल र्याली गर्ने जनाए।
नेपाल सम्बत् प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वा जनताको ऋण मोचन गरि नेपाल सम्बत् थालनी गरेको अवसरमा न्हूदँ समारोह समितिले सम्माननीय प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा न्हूदँ समारोह तथा भिंतुना साँस्कृतिक र्याली आयोजना हुने सचिव संजय शर्मा राजोपाध्यायले प्रेस विज्ञप्ति वाचन गरि जानकारी गराएका छन्।
न्हूदँको शुअवसरमा परम्परागत मण्डला लेखन प्रतियोगिता, बृहत् स्वास्थ्य कार्यक्रम, क्याण्डल वाक, दीप प्रज्वलन, शुभकामना आदानप्रदान एवं सांगीतिक साँझको समेत आयोजना गर्ने भएका छन्।
न्हूदँ ११४७ को अवसर पारेर क्रोध शिरोमणी कालु कुमालेले श्रृजना गरेको क्रोधकृति आवरणमा समेटेर नेपालभाषाको पात्र प्रकाशन, नेपालभाषा वर्णमाला तथा म्हःपूजाको तान्त्रिक विधिलाई समावेश गरेर बुकलेट समेत प्रकाशन गर्ने बताए ।
न्हूदँ समारोह समितिले साताब्यापी कार्यक्रमको जानकारी गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा सभाध्यक्ष भिमनारायण नकर्मी, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, डा. पुष्पराज राजकर्णीकार समेतले जिज्ञासाको सहजिकरण गरेका थिए ।
पत्रकार सम्मेलनमा नेपालभाषा मंकाः खलः यलको कार्यक्रम संयोजन रहने बारे अध्यक्ष महेन्द्रलाल महर्जनले जानकारी गराएका थिए । महर्जनले ललितपुर वडा नं. १६ को आर्थिक सहयोग तथा सहकार्य रहने बताए।
ललितपुर महानगरपालिकाका वडा ७ अध्यक्ष कुलबहादुर महर्जन, वडा १६ अध्यक्ष निर्मलरत्न शाक्य, सल्लाहकार किरण शाक्यको उपस्थिति रहेको सम्मेलन मंकाः खलः सचिव राजु ताम्राकारले सञ्चालन गरेका थिए।

विशेष सुरक्षा सल्लाहकार कार्कीले बुझे पत्र

जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबिच मतभेद

एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउँछ : प्रदेश प्रमुख भट्ट

नाटो सदस्यता पाउन डोनबास छाड्नुपर्ने अमेरिकी प्रस्तावले जेलेन्स्की आश्चर्यचकित
अरुपनि पढ्नुहोस
सबै
आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

इटालीको डोलोमाइट्स पर्वतमा भेटियो हिमयुगीन भालुको विशाल चिहान

मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री कार्की
















