Opens in a new tab

एनपीएल : जनकपुरले खोल्यो जितको खाता, काठमाण्डू आठ विकेटले पराजित

नवलपुर टुडे

299Shares

सारांश

  • जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डू गोर्खाजविरुद्ध आठ विकेटको सहज जित निकालेको छ।
  • टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डूले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो।
  • जनकपुरको जितमा मोइनल अलीले ५८ रनको अर्धशतकीय इनिङ खेल्नुका साथै सैफ हसनसँग मिलेर अविजित ७९ रनको साझेदारी गरे।
dida bag ad

काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा काठमाण्डू गोर्खाजविरुद्ध आठ विकेटको जित निकालेको छ ।  बिहीबार जनकपुरले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा काठमाण्डूले प्रस्तुत गरेको ११६ रनको लक्ष्य १७.२ ओभरमा पूरा गर्‍यो । यो जितसँगै जनकपुरले तेस्रो सिजनमा जितको खाता खेल्दै दुई अंक जोडेको छ ।

पहिलो खेलमा जनकपुरले कर्णाली याक्ससँग १९ रनको हार व्यहोरेको थियो । जनकपुरको जितमा मोइनल अलीले ५८ रनको अर्धशतकीय इनिङ खेले । मोइनलले ५१ बलमा समान तीन चौका र छक्का प्रहार गरे । उनको स्ट्राइक रेट ११३.७२ थियो । उनलाई अविजित रहेका सैफ हसनले साथ दिए । हसनले ४० रन बनाए । यी दुईको साझेदारी टोलीको जितमा निर्णायक बन्यो । उनीहरूले दोस्रो विकेटको लागि अविजित ७९ रनको अर्धशतकीय साझेदारी गरेका थिए ।

काठमाण्डूका लागि रिपन मन्डलले एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको काठमाण्डू जनकपुरविरुद्ध १९.३ ओभरमा रन आउट भएको थियो । काठमाण्डूलाई रोक्न राहुल यादवको इनिङ महत्त्वपूर्ण रह्यो । राहुलले चार विकेट लिए । उनले ३१ बलमा ३१ रन खर्चिए । उनले १.१ ओभरमा स्मित पटेललाई कप्तान हर्मित सिंहबाट ‘क्याच’ गराए ।

त्यसैगरी, अर्का ओपनर साम हेजलेटलाई पनि मोइन अलीबाट ‘क्याच’ गराए । यी दुईलाई आउट गराएपछि जनकपुरले कुल तीन विकेट गुमाउँदा पावर प्लेमा लय लिन सकेको थिएन । उनले काठमाण्डूका कप्तान करण केसीलाई पनि अभिषेक तिवारीबाट ‘क्याच’ गराए ।  त्यसपछि उनले पावर हिटर मोहम्मद आदिल आलमलाई ‘एलबीडब्लू’ को धरापमा पारे । उक्त बलमा अम्पायरले आदिललाई नटआउटको संकेत गरेका थिए । तर, जनकपुरले डीआरएसको अपिल गर्दा टीभी अम्पायरले ‘एलबीडब्लू’को संकेत गरेका हुन् ।

उनीबाहेक सैफ हसनले दुई विकेट लिए । मोइन अली, हर्मित सिंह र ललित राजवंशीले समान एक विकेट लिए । काठमाण्डूले रन बनाउन धेरै संघर्ष गर्नुपर्‍यो । पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएका भीम सार्कीको इनिङ मात्र सन्तोषजनक रह्यो । भीमले चार चौकासहित ३३ रन जोडे । तर, ललितको बलमा ‘स्टेप आउट’ गर्दै प्रहार बुन्ने प्रयास गर्दा उनी ‘स्टम्पिङ’को सिकार भएका थिए ।

रासिद खानले १७ रन बनाए । ओपनर स्मितले १३ र सुमित महर्जनले १० रन मात्र जोडे । यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अरुपनि पढ्नुहोस

सबै