हटायो टिकटकले नेपालका २० लाखभन्दा बढी भिडियो

नवलपुर टुडे

सारांश
- टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा नियम उल्लंघन गर्ने २० लाखभन्दा बढी भिडियो हटाइएको जनाएको छ।
- प्लेटफर्मको सुरक्षा र विश्वसनीयता कायम गर्न टिकटकले करोडौँ नक्कली तथा १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताका एकाउन्टहरू बन्द गरेको छ।
- लाइभ स्ट्रिमिङमा कडाइ गर्दै कम्पनीले करोडौँ लाइभ सेसन तथा क्रिएटरहरूलाई चेतावनी दिनुका साथै अनुचित गतिविधिमाथि कारबाही गरेको छ।

काठमाडौं । छोटो भिडियो सेयरिङका लागि लोकप्रिय सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिक (अप्रिलदेखि जुनसम्म)को ‘कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट’ सार्वजनिक गरेको छ ।
नियम उल्लंघन गर्ने सामग्री र एकाउन्टमाथि गरिएको कारबाहीको विवरण सार्वजनिक गर्दै कम्पनीले सुरक्षित डिजिटल वातावरण निर्माणमा आफ्नो प्रतिबद्धता दोहोर्याएको छ ।
नेपालमा उच्च दरमा अटोमेटेड कारबाही प्रतिवेदनअनुसार समीक्षा अवधिमा नेपालबाट प्रकाशित भएकामध्ये २० लाख ३६ हजार १९१ वटा भिडियो नियम उल्लंघनका कारण हटाइएका छन् । यो नेपालमा सो अवधिमा अपलोड गरिएका कुल सामग्रीको ०.४ प्रतिशत हो । नेपालमा नियम उल्लंघन गर्ने सामग्री पहिचान र कारबाहीको दर उच्च देखिएको छ ।
टिकटकले ९९.५ प्रतिशत भिडियोहरू प्रयोगकर्ता वा सर्वसाधारणले उजुरी (रिपोर्ट) गर्नुअघि नै प्रणालीले पहिचान गरी हटाएको छ । यस्तै, ९२.३ प्रतिशत भिडियो अपलोड भएको २४ घण्टाभित्रै प्लेटफर्मबाट हटाइएका छन् ।
कम्पनीको आन्तरिक पुनरवलोकन तथा प्रयोगकर्ताको अपिलपश्चात् ३३ हजार ५०३ वटा भिडियो गल्तीवश हटाइएको ठहर गर्दै पुनर्स्थापना (रजिस्टोर) गरिएको छ ।
यस अवधिमा टिकटकले विश्वभरबाट कुल १८ करोड ८२ लाख ९८ हजार १४१ वटा भिडियो हटाएको छ, जुन विश्वव्यापी रूपमा प्लेटफर्ममा पोस्ट गरिएका भिडियोको करिब ०.५ प्रतिशत हो ।
नक्कली एकाउन्ट र उमेर ढाँट्नेमाथि कारबाही
प्लेटफर्मको विश्वसनीयता जोगाउन टिकटकले एकाउन्ट र कमेन्टको स्तरमा पनि ठूलो परिमाणमा कारबाही चलाएको छ । जसमा फेक (नक्कली) एकाउन्ट १४ करोड ६८ लाख ७ हजार ४०० भन्दा बढी, १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले सञ्चालन गरेको आशंकामा दुई करोड ६८ लाख ४० हजार ७६७ एकाउन्ट बन्द गरिएका छन् । गाइडलाइन्स उल्लंघन गरी अमर्यादित कमेन्ट गर्ने २७ करोड ८३ लाख ८४ हजार ४६३ भन्दा बढी कमेन्टहरू हटाइएका छन् ।
लाइभ स्ट्रिमिङमा कडाइ
टिकटकको लाइभ फिचरमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न नियमन प्रणालीलाई थप कडा पारिएको छ । प्रकाशित कुल लाइभ सामग्रीमध्ये २.४ प्रतिशत सामग्री निलम्बन गरिएको छ ।
यसैक्रममा टिकटकले सात करोड ६७ लाख २१ हजार ९३ वटा लाइभ सेसन र दुई करोड ६७ लाख ८१ हजार १३५ लाइभ क्रिएटरलाई चेतावनी दिएको छ वा उनीहरूको मनिटाइजेसन (आम्दानी गर्ने सुविधा) हटाएको छ । समीक्षापछि २३ लाख ९८ हजार ८४६ वटा लाइभ सेसन पुनर्स्थापना गरिएको प्रतिवेदनमा उल्लेख छ ।

नाटो सदस्यता पाउन डोनबास छाड्नुपर्ने अमेरिकी प्रस्तावले जेलेन्स्की आश्चर्यचकित

आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

इटालीको डोलोमाइट्स पर्वतमा भेटियो हिमयुगीन भालुको विशाल चिहान

मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री कार्की
अरुपनि पढ्नुहोस
सबै
सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना

अस्ट्रेलियामा दुई छुट्टाछुट्टै सवारी दुर्घटना, चार जनाको मृत्यु, तीन घाइते

रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

बक्स अफिसमा ‘रामायण’को दबदबा कायमै, विश्वभर कमाइ १२०० करोड
















