राजनीति

लुम्बिनी प्रदेशमा दुई मन्त्री थपिए, शपथ आज

नवलपुर टुडे
२०८० पुस ८ | बिहान ०९:०९ बजे

दाङ । लुम्बिनी प्रदेशमा सात महिनापछि सरकार विस्तार भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार दुई मन्त्री थप गरेका हुन् । यसअघि लुम्बिनीमा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रीमण्डल थियो ।

शनिबार दुई मन्त्री थपिएसँगै लुम्बिनीमा नौ सदस्यीय मन्त्रीमण्डल भएको हो । नयाँ मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र) बाट कृष्ण केसी खानेपानी, ग्रामीण तथा सहकारी विकास र कांग्रेसका सरोज थापाले पर्यटन तथा यातायात व्यवस्थामन्त्रीको जिम्मेवारी पाएका छन् ।

आज उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ ।

कमेन्टहरु