त्रिभुवन आर्मी क्लबलाई जितका लागि केवल ५८ रनमा समेटियो पुलिस

जगत ठाडा मगर


काठमाडौँ । नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको पहिलो दिन बिहीबारको खेलमा नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई जितका लागि केवल ५९ रनको झिनो लक्ष्य दिएको छ ।
वीरगञ्जमा जारी उक्त प्रतियोगितामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको पुलिस क्लबले १८.४ ओभरमा अलआउट हुनुअघि ५८ रनमात्र बनाउन सक्यो । पुलिस क्लबका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । माथिल्ला चार ब्याट्सम्यानले त दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । ओपनर दिलीप नाथ एक रनमै पेभेलियन फर्किए भने अर्का ओपनर शंकर राणाले खातासम्म खोल्न सकेनन् । विकेटकिपर ब्याट्सम्यान अर्जुन साउद पनि ६ रनमै आउट भए ।
कप्तान आरिफ शेख तीन रन बनाउँदै पेभेलियन फर्किए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका अमित श्रेष्ठले भने ११ रन बनाए । शेर मल्ल चार र सुनिल धमला दुई रनमा आउट भए । रासिद खान शून्य रनमै पेभेलियन फर्किए । नवौँ नम्बरका ब्याट्सम्यान करण केसीले टोलीका लागि सर्वाधिक १५ रन बनाए । सागर ढकाल एक रनमा आउट भए । ललित राजवंशी शून्य रनमा अविजित रहे । पुलिस क्लबले अतिरिक्त रुपमा १५ रन पाएको थियो ।
त्रिभुवन आर्मी क्लबका बलर साहब आलमले तीन विकेट लिए । उनले चार ओभरमा दुई मेडन राख्दै केवल चार रन खर्चिए । बसिर अहमदले पनि दुई विकेट लिए । सोमपाल कामी, अविनाष कर्ण र कुशल मल्लले एक–एक विकेट हात पारे ।

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















