महोत्तरीमा असईको गोली लागेर प्रहरी जवान साह घाइते

नवलपुर टुडे


महोत्तरी । महोत्तरीमा असईको गोली लागेर एक जवान घाइते भएका छन । प्रहरी चौकी हलखोरीका इन्चार्ज असई रामेश्वर प्रसाद यादवले ३० कात्तिक राती ११:३० मा सुत्नुअघि हतियार clearence गर्ने बेला हतियारको ब्यारेलमा भएको गोली पड्की सोही चौकी बाहिर सेंट्री ड्यूटी बसेका प्रहरी जवान राजेश कुमार साह घाइते भएका हुन् ।
सो गोली भित्तामा लागेर फर्केर जवानलाई लागेको प्रारम्भिक अनुसन्धानमा बुझिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लले बताए। उनले यस घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन् । घटना कात्तिक ३० गते रातीकै भएपनि असई यादवले घटना लुकाएका थिए।
घाइते जवान उपचारको लागि सप्तरी पुगेपछि प्रहरीले जानकारी पाएको एसपी मल्लले बताए । उनले घाइते जवानको अवस्था सामान्य रहेको र हाल घरमै उपचार भइरहेको छ । असई यादवको निलम्बनको प्रक्रिया अगाडि बढेको एसपी मल्लले बताएका छन् ।

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
अरुपनि पढ्नुहोस
सबै
व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
















