दूतावासले भन्यो– हमासको नियन्त्रणमा रहेको भनिएका विपीन जोशी अझै सम्पर्कविहीन छ

नवलपुर टुडे
२०८० मंसिर ४ | बिहान ०७:०८ बजे

काठमाडौं, मंसिर ४ । इजरायलस्थित नेपाली दूतावासले हमासको आक्रमणमा परी हराइएका नेपाली विद्यार्थी विपीन जोशीको खोजी कार्य जारी रहे पनि फेला पार्न नसकिएको बताएको छ ।
७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरू मध्येमा विपीन पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएको दूतावासले जनाएको छ ।
तथापि, विपीनको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको र हालसम्म पनि सम्पर्कविहीन नै रहेकोले खोजी कार्य जारी रहेको दूतावासले विज्ञप्तमार्फत जानकारी दिएको छ ।
























