मुगु सामूहिक हत्या प्रकरण : कतारबाट घर आइपुगे दीपक

पत्रपत्रिकाबाट


मुगु । श्रीमतीसहित तीन सन्तानको सामूहिक हत्याको खबर सुनेलगत्तै वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका दीपक बोहोरा शनिबार घर आइपुगेका छन् । ८ कात्तिकमा माइतीघरबाट टीका थापी तीन सन्तान बोकेर घर फर्किएकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज बोहोरा, एक वर्षीय छोरा रहर बोहोरा र सात वर्षीया छोरी अप्सरा बोहोराको शव घरमा भेटिएको थियो । घर आएलगत्तै उनी भावविह्वल भएका छन् ।
दीपकले आफ्नो हरेक दिन दुई तीनपटक श्रीमतीसहित परिवारसँग भिडियो कल हुने गरेको सुनाए । उनले ८ कात्तिकमा भएको भिडियो कल नै अन्तिम भएको बताए । ‘त्यस दिन परिवारका सबै घर पुगिसकेपछि पनि मोबाइलमा लामो समय कुरा भएको थियो । श्रीमतीले भोलि बारीको सिमी उखेल्नुपर्ने छ, काम सकेपछि फेरि कुरा गरौँला भनेर भिडियो कलबाट दुवैजना छुट्टिएका थियौँ,’ दीपकले भने । श्रीमती श्रीदेवीको फेसबुक आइडीबाट ९ कात्तिक बेलुकी ५ बजेतिर म्यासेन्जरमा परिवारको फोटो सेन्ट भएको र लगत्तै आफूले दुईपटकसम्म कल गर्दा फोन नउठेको उनले सुनाए । केही समयपछि अर्को नम्बरमा फोन गर्दा पनि अफ भएको उनको भनाइ छ ।

मृतक २६ वर्षीया श्रीदेवी बोहोरा, उनकाे साथमा १ वर्षीय छोरा रहर बोहोरा, ७ वर्षीया छोरी अप्सरा बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा । साथमा कुकुर सहित प्रहरीको विशेष अनुसन्धान टोली । तस्बिर : अच्युतराज भण्डारी/नयाँ पत्रिका
प्रहरीले ८ कात्तिक राति नै हत्या भएको हुन सक्ने अनुमान गरेको छ । प्रहरीले १० कात्तिकमा मात्र घटनाको जानकारी पाएको थियो । श्रीदेवी आफ्ना तीन सन्तानसँग दसैँको टीका थाप्न माइतीगाउँ गएको छरछिमेकी सबैलाई जानकारी थियो । १० कात्तिक बिहानसम्म घरमा ताला लगाएको छिमेकीले देखेपछि उनकी माइजू रेशा बोहराले श्रीदेवीको माइतीघरमा फोन गरेर भान्जीको घरमा ताला लगाएको जानकारी गराएकी थिइन् । उताबाट चारैजना ८ कात्तिकमै आफ्नो घर फर्केको खबर आएपछि छिमेकीले ताला फोडेर घरभित्र हेर्दा चारैजनाको शव देखेपछि तत्कालै प्रहरीलाई फोन गरेर जानकारी गराएको छिमेकी भक्तबहादुर बोहराले बताए ।
प्रहरीले घटनास्थल सिल गरी अनुसन्धानको काम अगाडि बढाए पन िअपराधीको नजिक प्रहरी पुग्न नसकेको छायाँनाथ रारा नगरपालिका–६ का वडाध्यक्ष खेमबहादुर रावलले बताए । प्रहरी टोलीले घटनाको मुचुल्कालगायत अन्य अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ । नेपालगन्जबाट तालिम प्राप्त कुकुर झिकाई अनुसन्धान गरिरहेको प्रहरीले थप अनुसन्धानका लागि नेपालगन्ज, सुर्खेत र जुम्लाबाट प्रहरी अधिकृतलगायतको टोली झिकाएको छ । प्रहरीले अनुसन्धानका सबै प्रक्रिया अपनाएर अपराधीलाई ढिलोचाँडो समातेरै छोड्ने जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी वीरेन्द्र थापाले बताए । नयाँ पत्रिकाबाट साभार

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















