प्रधानमन्त्री दाहालका दुबै छोरी बालबच्चासहित नयाँ दिल्ली प्रस्थान

नवलपुर टुडे
२०८० कार्तिक १ | मध्यान्ह ०८:०७ बजे

काठमाडौं, १ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका दुबै छोरी नयाँ दिल्ली गएका छन् । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल,निजी सचिव तथा कान्छी छोरी गंगा दाहाल छ जनाको पारिवारिक टोलीसहित गएका हुन् ।
नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २०५ मा नयाँ दिल्ली जानेमा स्मिता दाहाल, इशान्ती दाहाल, प्रतिभा पाठक र प्रवल पाठक पनि छन् ।
यता प्रधानमन्त्री दाहाल आज बिहान मुक्तिनाथ, कोरोला नाकालगायत स्थानतर्फ जानुभएको छ । उहाँ नेपाली सेनाको हेलिकोप्टर एनए ०३८ एमआई १७ मा १५ जनाको टोली लिएर बिहान बालुवाटारबाट त्यता प्रस्थान गर्नुभएको बताइएको छ । टोलीमा वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोलगायत छन् ।






















