बझाङमा फेरि भूकम्पको धक्का

नवलपुर टुडे
२०८० अशोज २५ | बिहान ०७:०६ बजे

काठमाडौं, असोज २५ । बझाङमा गएराती भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १२:२२ बजे बझाङको चैनपुर आसपास केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
बझाङ केन्द्रबिन्दु बनाएर असोज १६ गते ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि असोज २० गतेसम्म पटकपटक पराकम्प आएका थिए ।
दर्जनौं पराकम्पनले घरहरू भत्किएका थिए भने एक जना वृद्धको मृत्युसमेत भएको थियो ।























